कोरियामा रेसुंगा सांस्कृतिक झलकको प्रचार प्रसार तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी


कोरियाली नया बर्ष सलनाल अर्थात फेब्रुरी १६ तारिखको दीन आयोजना हुन लागेको रेसुंगा संस्कृतिको झलक भाग ३ को तयारि तिब्र रुपले भैरहेको आयोजक गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जनाएको छ । कोरियामा रहेका बिभिन्न संघसंस्थाहरुको साथ र समर्थनमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको प्रचार प्रचार पनि उत्तिकै रुपमा अगाडी बढिरहेको बताएको छ ।
यस अघिनै कार्यक्रमको उदेश्य वारे थप जानकारी दिन पत्रकार सम्मेलन तथा संघसंस्था बीच अन्तरक्रिया समेत आयोजना गरेको संस्थाले कोरियाको राजधानी सोल ,छलानाम्दो ,थेगु ,बुसान आदि स्थान हरुमा पोस्टर तथा प्रोमो सो गरिरहेको सास्कृतिक संयोजक टोलिले जनाएको छ ।
उक्त कार्यक्रमको लागि नेपाल वाट गायक सुगम पोख्रेल ,नेपाल आइडलको टप टेन भित्र पर्न सफल रक स्टाइल गायिका केन्जल मेहर श्रेष्ठ, वाओ नेपाल युट्यूब च्यानलकी हट प्रस्तोता तथा डान्सार सोनीका रोकाया ,हास्य विधा क्षेत्रमा चर्चामा रहेका हास्य कलाकार विल्सन बिक्रम राइ (तक्मे बुढा ) ,लोक दोहोरि गायक खुमन अधिकारि ,लोक दोहोरि गायिका रुपा घर्तिमगर त्यस्तै लोकगीत क्षेत्रमा निकै पुरानो र सदाबार मानिने गायककार बम बहादुर कार्की समेत कोरिया आउने भएका छन्।
कार्यक्रमलाइ हनापास रेमिट्यान्सले मुख्य प्रायोजन गरेको छ भने स- प्रायोजकहरुको नामावली छिट्टै प्रकाशित हुने बताइएको छ । त्यस्तै कार्यक्रमलाइ आर्थिक सहयोग गर्ने हरुको नाम तथा फोटो सम्पर्क समितिको फेसबुक पेज वाट सेयर गरिएको छ । हाल सम्म १३० जना सहयोगी दाताहरुको नामावाली प्रकशित गरिसकेको छ । प्रकाशित नमवालिमा ५१ हजार देखि ६ लाख ६६ हजार वन सम्म सहयोग गर्ने ब्याक्ति हरुको नामावली छ l कार्यक्रमलाइ हाल सम्म सबैभन्दा धेरै संस्थाका सम्रक्षक हिम रास्कोटीले ६ लाख ६६ हजार ६ सय ६६ वन सहयोग प्रदान गरेका छन् ।
कार्यक्रमलाइ कोरियामा रहेका बिभिन्न संघ संस्था तथा ब्याक्तित्व हरुको सहयोग रहेको ,दर्शकको माग र चाहाना लाइ मध्यनजर गर्दै कलाकार हरु बोलाइएको साथै दर्शक हरुको सुविधालाई ध्यानमा राखी दोंग्देमून देखि नजिकै कार्यक्रम हलको ब्याबस्था गरिएको कारण रेसुंगा संस्कृतिक झलक भाग ३ ऐतिहासिक हुने आयोजक कमिटिको दावी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने
  • सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...