चर्चित गायक राज सिग्देलको उपस्थितिमा गजल मुशायरा हुँदै


सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आगामी फेब्रुअरी १६ का दिन गजल मुशायरा आयोजना गर्ने भएको छ । चर्चित गजल गायक राज सिग्देलको विषेश आतिथ्यतामा उत्कृष्ट गजलकारहरू मुशायरामा प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

अनेसास कोरिया च्याप्टरले श्रृङखलाबद्ध रुपमा संचालन गर्दै आएको ‘काव्य-सुधा’को पाँचौं श्रृङखलाको रूपमा गजल मुशायराको आयोजना हुन लागेको च्याप्टरका अध्यक्ष प्रमाेद सारंगले बताउनुभयाे । चर्चित गजल गायक राज सिग्देलले अनेसास कोरिया परिवारद्वारा तयार गरिएको गजल एल्बममा संग्रहित गजलहरू समेत गाउने आयोजकले बताएको छ ।

दक्षिण कोरियाको राजधानी सौलको दाेङ्देमुन स्थित नेपाल हाउसमा संचालन गरिने मुशायरामा पाँच गजलकारको विशेष प्रस्तुति रहनेछ भने त्यहाँ उपस्थित सबै सर्जकहरूद्वारा रचनावाचन समेत हुनेछ । सोही क्रममा चर्चित स्रस्टाहरूका गजल समेटी अनेसास कोरिया च्याप्टरद्वारा तयार पारिएको गजल एल्बम ‘लय’ को विमोचन समेत गरिने भएको छ ।

गजल मुशायरामा गजलकारहरू गाेपीकृष्ण लामिछाने , जनक सन्याल, राज सुवेदी विवश, राम कँडेल अधीश र रामचन्द्र शर्मा ‘अार.सी’ले अाफ्ना गजलहरू वाचन गर्नेछन् । काव्य-सुधाका विगतका शृङ्खलाहरूमा जस्तै यसपटक पनि उपस्थित दर्शकहरूले असली शेरहरूको स्वाद लिन पाउने आयोजकको दाबी छ । च्याप्टरले यसअघि कविता, गजल र मुक्तकका एक-एक श्रृङखला गरिसकेकाे छ भने हालै मात्र विश्वव्यापी खुला कविता प्रतियोगिता पनि सम्पन्न गरेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...