कोरियाको थेगुमा नेपालबाट आएका चिकित्सकद्धारा स्वश्वथ्य जाँच गरिने
दक्षिण कोरियामा नेपाली कामदारप्रति बढ्दो स्वास्थ्य समस्या र मृत्युलाई न्युनिकरण गर्न सउल नेपाली राजदूताबासले नेपालबाट चिकित्सक बोलाएर स्वास्थ्य शिविर गर्ने भएका छन् । यही जनवारी २८ तारिख कोरियाको एक ठूलो शहर थेगुमा सो कार्यक्रम गर्न लागेको दूताबासले सूचना जारी गरेको छ ।
सोही कार्यक्रमको लागि नेपालबाट मानसिक रोग अस्पताल लगनखेलका निर्देशक डा.मोहनराज श्रेष्ठ र वीर अस्पतालका कन्सल्टेन्ड कार्डियोलोजिष्ट डा. राम किशोर शाह कोरिया आउने भएका छन् । २ जना चिकित्सक र श्रम कार्यलयका पदाधीकारी सहित चार जनाको टोली कोरिया आउने भएका छन् । कोरियामा नेपाली कामदारहरुमा देखिएको बढ्दो स्वास्थ्य समस्याको कारण तथा निदानको उपाय खोजी गर्न सो टोली कोरिया आउन लागेको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए ।
एनआरएनए कोरियाको सहकार्यमा गर्न लागेको कार्यक्रममा समयमै स्वच्छिक घर फिर्ती , नेपालमा लगानीको संंभावना लगायत नेपाली श्रमिकहरुको विभिन्न सरोकारको विषयमा छलफल गरिने छ ।
कार्यक्रम गरिने स्थान र मित निम्न अनुसार रहेको छ ।
मिती – २०१८ जनवरी २८ तारिख
समय – विहान १० देखि १२ बजेसम्म स्वास्थ्य जाँच
१ देखि ५ बजेसम्म प्रस्तुती र अन्तरकृया
स्थान – खेम्यइ० देहाक्यो थोइ०सान विइरोवन , पाँचौ तला
सम्पर्क
चिरन्जीवी पाण्डे – 010 2232 8050
ध्रुब थापा – 010 7435 7219
राज लामिछाने – 010 7465 4596
मानसिंह गुरुइ० – 010 3047 1960
भावना गुरुइ० – 010 5561 1399