कोरियाबाट केपी वली र प्रचण्डलाई खुला पत्र


श्रमदिप चौलागाई

आदरनिय कमरेडद्वय केपी प्रचण्ड अभिवादन !

सर्बप्रथम तपाइहरुको सु स्वास्थ्यको साथै देश र जनताको पक्षमा सगरमाथा झै अटल भएर निर्णय गर्ने सोच र क्षमता भगवानले तपाईहरुलाइ प्रदान गरुन भन्ने कामना गर्दै यो पत्र सुरु गर्दैछु ।

पारिवारिक आर्थिक बिपन्नताको बिरुद्धमा लड्न रोजगारी खोज्दै प्रवासी भुमिमा आएर उमेर , उर्जा र जवानी जलाई , बिप्रेशन नामको दुई मुठी तातो खरानी देशमा भित्राउन खुन पसिना बगाइ रहेको म एक आम नेपाली युवा तपाइहरु कमरेडद्वयलाई यो खुल्ला पत्र लेख्दैछु ।

आदरनिय कमरेड द्वय नेपाली जनताले आफै सम्बृद्धीको सपना देखेको र तपाईहरुले देखाएको पनि शताब्दी हुनै आट्यो । यो बिचमा कोशीमा धेरै पानी
बग्यो । हिमालका हिउ धेरै पग्लिए । गाउ शहर र देशका कुना कन्दराहरुमा धेरै रगत बग्यो । शहिदहरुको सुची अग्लियो । धेरै ब्यबस्था फेरिए, फालिए र बदलिए । तर जनताको अवस्था बदलिएन । देशको मुहार बदलीएन । किन ? किन ? किन ?

आदरनिय कमरेड द्वय, यो माथीको प्रश्नको जवाफ हिजो दिन सजिलो थियो । सामन्ती राजसस्था र त्यसको अबरोधले हामी पछाडी पर्यौ भन्न सजिलो थियो । अब त्यो दिन रहेन । अब हुने राम्रो र नराम्रो हरेक पलको जवाफ नेपाली जनताले तपाइहरुसग खोज्ने छन् र ईतिहासले गम्भिर भएर मुल्यङ्कन गर्ने छ ।

आदरनिय कमरेड द्वय, आज तपाइहरुको हातमा देशको सुनौलो भबिश्य अडिएको छ । उत्तीकै चुनौतीको पाहाडहरु पनि छन । एकातिर आज तपाइहरुको साथमा जनताको अपार माया , बिश्वास र शक्ति छ । यो शक्ति देखेर आत्तिएका देशी बिदेशी स्याल र ब्वासाहरु कसरी झुक्काएर बिगतमा जस्तै शिकार गर्न सकिन्छ भनेर चेप चापबाट ¥याल काट्दै चिहाइरहेका छन् । अर्कोतिर बाम गठबन्धनको जितले अलि अली मात्तीने झुण्डहरुको गाइगुइ पनि सुनीदै छ । यी सब आशा , भारोसा ,अबसर , स्वार्थ र चुनौतीहरुको ब्यबस्थापन कम जटील कुरा होइन । तर तपाइहरुले यसको सहज ब्यबस्थापन गर्नु हुने छ भन्ने बिश्वाश लिएको छु ।

आज बाम गठबन्धन झण्डै दुइ तिहाइ बहुमत लिएर नेपालको इतिहासमा एउटा सुनौलो भबिश्य निर्माण गर्न सक्ने क्षणमा उभिएको छ । यो जनताको बिश्वाश र शक्तिलाइ देश निर्माण गर्ने दिशामा लैजान सकिएन भने बाम गठबन्धनले मात्र होइन देशले पनि अपुरनिय क्षतिको सामना गर्नु पर्ने छ ।यस्तो जटिल मोडमा उभिरहदा आज हाम्रो सामु मिल्नुको कुनै बिकल्प छैन । बाम गठबन्धनलाई पार्टी एकातामा चाडै रुपान्तरण गरेर राष्ट्रिय संम्बृद्दीको माहा अभियान सुरु गर्न ढिला भइ सकेको महशुष आम जन समुदायले गरिहेका छन् । रात रहे अग्राख पलाउछ भने झै कता कता अनिच्तिताको बादल नेपाली आकाशमा मडारी रहेको छ । स्वाभिमानी नेपाली मनहरुमा यो ढिला सुस्ती ले डर पैदा गरी रहेको छ । यथासक्दो चाडो बाम एकताको शुभ समचार सुन्न नेपाली जनता आतुर छन् ।

आदरनिय कमरेड द्वय, पार्टी एकिकरण एउटा जटिल बिषय हो । झनै नेपालमा बाम राजनिती जुट्ने भन्दा फुट्नेमा बडि रमाएको इतिहास बाट तपाइहरु आफै जानकार हुनुहुन्छ । दार्शनिक,सैद्धान्तिक , बैचारिक , सांगठानिक संरचना , कमा र पुर्ण बिराम जस्ता बिबिध नाम र मतभेद देखाएर पनि पार्टी फुटाइयो फुटे र एक अर्कालाइ हिलो छेप्न आफ्नो सम्पुर्ण शक्ति लगाएर हिडे हिडाइयो । त्यो क्षण कती पिडादायी थियो, हामी सबले भोगेरै आएका हौ ।

आदरनिय कमरेड द्वय दुइ पार्टी बिच अब बैचारिक भन्दा पनि नेताहरुको ब्यबस्थापन जटिल भइरहेको गन्ध जनता सम्म आइरहेको छ । दुइ पार्टी भित्रका बिबिध गुट तिनीहरुको बिचमा हुने स्वार्थका जोड घटाउ यो बाम एकताको सब भन्दा ठुलो बाधक बन्ने त होइन ? आम जनता बिच ठुलो डर पैदा भइरहेको छ । आदरनिय कमरेड द्वय दुबै पार्टीका माथिल्लो तहमा रहनु भएका नेता कमरेडहरुले आफुलाइ पाएक पर्नै गरी एकातको बिषयमा मिडिया बाजी गरिरहदा आम जनतामा एकताको बिषयमा संसय पैदा हुनु स्वभाबिक देखिन्छ । यस बिषयमा तपाइहरुको गम्भिर ध्यान आकर्षण गराउन चाहान्छु ।

आदरनिय कमरेड द्वय आजको नेपाली राजनितीको परिबेशमा नेताहरुको ब्यबस्थापनको सवाल भन्दा जनताका समस्याहरुको ब्यबस्थापनको सवाल ठुलो हो । जनताका आशा र अपेक्षाहरुको ब्यबस्थापनको सवाल ठुलो हो । नेपालको आर्थिक सामाजिक राजनितीक पछौटे पनको अन्त्यको सवाल ठुलो हो । राष्ट्रिय स्वाभिमान र आर्थिक सामाजिक संम्बृद्दीको सवाल ठुलो हो । यदी यस महान् अभियानमा कुनै व्यक्ति बिशेषका स्वार्थहरुले अबरोध सृजना गर्छ भने त्यस्तो अबरोधका फोहोरहरुलाइ नाघेर अगाडी बढ्नुहोस् नेपाली जनताले कुचो लगाएर सफा गरी दिने छन्। आदरनिय कमरेड द्वय आजको आवश्यकतालाइ मध्यनजर गर्दै तपाइहरुले एउटा बोल्ड निर्णय चाडै गर्नु हुनेछ भन्ने आशा बिश्वास लिएको छु ।

आदरनिय कमरेड द्वय, नेपाली राजनितीमा थाङ्ग्रे र लहरे प्रवृतीको बोलबला रहि आएको छ । लहरा नहुदा थाङ्ग्रो नाग्गै हुने र थाङ्ग्रो माथी चड्न नपाउदा लहरा कुहिने यो प्राकृतीक नियम लाइ बुझेका थाङ्ग्रे र लहरेहरुले नेपाली राजनितीमा हुर्किन खोजिरहेका हजारौ कल्पबृक्षहरुलाइ छेकिरहेका छन् । टाढा बाट हेर्दा सुन्दर बृक्ष जस्तै देखिने राजनितीक थाङ्ग्रे र लहरेहरुको गठजोरलाइ अन्त्य गर्दै तपाइहरुले यो एकतालाइ छिटै मुर्त दिनुहुनेछ भन्ने आशा दिएको छु ।

अन्त्यमा आदरनिय कमरेड द्वय बाम गठबन्धन कती बेला फुटेर मर्ला र भोजन गरुला भनेर ढुकी बसेका देशी बिदशी गिद्धहरु तपाइहरुले देखीरहनु भएकै छ । तिनीहरुको मन अमिलो हुने गरी चाडै एकताको घोषना गरिदिनुहोस् । तिनीहरुलाइ लौरो लिएर खेद्नै पर्दैन आफै उढेर टाढा भाग्ने छन् । र नेपाली जनताले जय जयकार गर्नै छन् । अपार आशा र बिश्वासका साथ फेरी पनि तपाइहरुलाई शुभकामना दिदै हस् त अहिलेलाइ बिसाए , फेरी भेटौला धन्यवाद ।

लेखक प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका माहासचिव हुनुहुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...