कोरियन नयाँ वर्ष सलनालमा “सलनाल रोज डान्स पार्टी“ हुने


फन लभर्स ग्रुप दक्षिण कोरियाले यहि आउँदो फेब्रुअरी १५ तारिक अर्थात कोरियन नयाँ वर्ष सलनाल बिदाको पहिलो दिन प्रेम–दिवस बिशेष “सलनाल रोज डान्स पार्टी“ आयोजना गर्ने भएको छ । उक्त डान्स पार्टीमा कोरियामा रहेका नेपाली डि.जे नटी र डि.जे विटले एकै साथ आफ्नो डिजे कलाबाट भरपुर मनोरन्ज्न दिने भएको छ । सो डान्स पार्टी भने नेपालीहरुले प्राय आयोजना गर्ने न्हिहु छन्जी होटल, दोङ्देमुन हिस्ट्री एन्ड कल्चर पार्क्, सउलमा बेलुका ९ बजे देखी विहान ४ बजे सम्म नन स्टप हुने भएको छ । कार्यक्रमको होस्ट हसिला युवा अनित नाम्दोङले गर्ने र FDQ सिस्टर्शको धमेकादार डान्स रहने आयोजकका एक सदश्य भरत आलेले जानकारी दिनु भएको छ ।

फन लभर्स ग्रुप २०१७ सालमा नेपाली युवाहरु मिलेर दक्षिण कोरियामा स्थापना भएको समुह हो । कोरियामा नेपाली युवाहरु धेरै विभिन्न मानसिक तनावमा आउन थालेर डिप्रेसन हुँदै आत्मा हत्या गर्ने जस्तो घट्ना बद्दै गएकोले यसलाई केहि कम गर्न सकिन्छ भनेर यो समुहको स्थापना भएको हो । यो समुहको मुख्य उदेश्य भन्नुनै एक आपसमा सर सहयोग गरेर समाजमा प्रेम र भाइचाराको भवाना स्थापना गर्नु हो । जिन्दगीको सुख दुखमा सबै सङगै सहकार्य गर्दै खुशी साथ जिन्दगि विताउनु यो समुहको चाहना हो । समाजिक काममा पनि खुलेर सहयोग गर्दै आएका यो समुहमा झनडै ४० जना सदश्यहरु छ्न ।

फन लभर्स समुहको यो पहिलो कार्यक्रम हो । त्यसैले उकत डान्स पार्टिमा उपस्थित भई भरपुर मनोरन्जन गर्दै कार्यक्रम सफल पारी दिनु हुन कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध र सहयोगको अपेक्षा गरेको छ ।

कार्यक्रमको बिस्तृत जानकारी :–

मिती :-फेब्रुअरी १५, २०१८

समय : बेलुका ९ बजे देखी विहान ४ बजे सम्म

स्थान :- निउ छन्जी होटल / New Cheonji Hotel

दोङ्देमुन हिस्टरी एन्ड कलच्रर पार्क लाईन न्.४ गेट न – १२

डिजे : डिजे नटी र विट

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...