बुसानमा आयोजना हुने ‘झोर्ले सांगितिक सौगात-१’ तयारी तिव्र
अर्जुन बराल
बुसान, नेपाल मगर संघ दक्षिण कोरिया किम्हे-बुसान शाखाले कोरियाको महान पर्ब सलनालको अबसर पारेर आयोजना गर्न लागेको झोर्ले साङ्गितिक सौगात भाग-१को तयारी तथा प्रचार प्रसार तिब्र रुपले अगाडी बढाएको छ। यसै अन्तर्गत गत आइतबार किम्हे स्थित नमस्ते नेपाली रेस्टुरेन्टमा किम्हे तथा बुसान आसपास क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरुलाइ निमन्त्रणा गरेर झोर्ले साङ्गितिक सौगात भाग-१लाई कसरी चुस्त दुरुस्त तथा सभ्य भब्य एबम ऎतिहासिक रुपमा सफल बनाउने भन्ने बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा सहभागी प्रतिनिधिहरुले कार्यक्रमको भब्य सफलताको अग्रिम शुभकामना दिनुहुदै आ-आफ्नो सुझाब सल्लाह तथा अनुभव साटेर कार्यक्रमलाई आर्थिक रुपमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। अन्त्यमा संघका अध्यक्ष भिषण पुर्जा मगरले कार्यक्रम गर्नुको औचित्यबारे प्रष्ट पार्नुहुदै सबैको राय सुझावलाई ह्रदयङ्म गर्दै अगि बढ्ने बताउनुभएको थियो।
त्यस्तै प्रचार प्रसार तिब्र पार्ने क्रममा संघका प्रतिनिधिहरु दक्षिण कोरियाको दक्षिण भेगमा पर्ने थेगु,बुसान,छाङ्वन तथा गजेदो सहरहरुमा पुगि ति ठाउहरुमा सक्रिय संघ सस्थाका प्रतिनिधीहरुसंग पनि भेटघाट,छलफल तथा अन्तर्कृया गर्दै कार्यक्रमको पोस्टर सार्बजनिक गरेको थियो।
सबैतिरबाट पाएको उत्साहजनक सुझाव, सल्लाह र हौसलाले झोर्ले साङ्गितिक सौगात भाग-१ यस क्षेत्रमा नै ऎतिहासिक तथा अबिस्मरणिय हुने कार्यक्रमका प्रचार प्रसार संयोजक धन सलामी मगरले दाबी गर्नु भएको छ। बिभिन्न समय र ठाँउमा सहभागी भैइ आ-आफ्नो अमुल्य समय तथा सुझाब ,सल्लाह दिनुहुने विभिन्न संघ सस्थाका प्रतिनिधिहरु प्रती नेपाल मगर संघ दक्षिण कोरिया किम्हे-बुसान शाखाले हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ।