कोरियाबाट पनि जलजला परियार बचाउ अभियान शुरु
बिगत केही समय देखि दुबै मृगौला फेल भएर शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी जलजला बचाउ अभियान कोरियाबाट पनि शुरु भएको छ ।
नेपाली तारा सिजन ३ कि अब्बल प्रतिस्पर्धी तथा पर्श्व गायिका जलजलाले सन्सार भर छरिएर रहेका नेपालि दाजु भाइ दिदी बहिनिहरुसग आफ्नो उपचारको लागि सहयोगको आग्रह गरे सगै कोरियामा पनि सहयोग संकलन शुरु गरिएको जनाइएको छ ।
नेपाली साङ्गितिक आकाशमा चम्कदै गरेको एउटा नक्षत्रलाइ निभ्न नदिन थोरै भएपनी सहयोग गर्ने उदेश्यले कोरियाबाट पनि जलजला परियार बचाउ अभियान शुरु गरिएको बिश्वकर्मा समाज कोरियाका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन् ।
जलजलाको गम्भीर प्रकृतिको रोगसग लडाइ गरिरहेको भन्ने समाचार आउनासाथ कोरियाबाट पनि जलजला बचाउ अभियान शुरु गरिएको स्याङ्जा परिवार थेगु कोरियाका अध्यक्ष बिरेन्द्र नौभाग्यले बताए ।
सहयोगको लागि सम्पर्क :
बिरेन्द्र नौभाग्य : ०१०५९३२०६०१
सन्तोष काश्यप : ०१०२७६२५०५९
खाता नम्बर – 63303259201011 मेघनाथ काफ्ले IBK बैंक ।