कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापना गर्ने अभियानमा सहयोग गर्ने क्रम शुरु, पवित्र अभियानमा सहयोग गर्न अपिल
दक्षिण कोरियामा नेपालबाट बुद्धको प्रतिमा ल्याएर पर्यटकिय वाउछङसा गुम्बामा स्थापना गर्ने अभियानमा सहयोग गर्ने क्रम शुरु भएको छ । कोरियाको पुरानो तथा पहिलो नेपाली संस्था नेपाल सम्पर्क समिति एनसिसिको संयोजन र बौद्ध परिवार कोरियाको सहकार्यमा हुन लागेको महान् अभियानमा सहयोग गर्ने क्रम शुरु भएको हो ।
गत आइतबार राजधानी सउलस्थित नेपाल हाउसमा बसेको सचिवालय समितिको बैठकले आर्थिक समिति गठनसँगै सहयोग संकलन अभियान तिब्र पार्ने निर्णय गरे अनुरुप सहयोग रकम आउन थालेको छ । आर्थिक विभागमा पेम्बा दोङ्बा ह्योल्मो,भक्त शेरचन र राज कुमार स्याङ्ताङ्ग रहेका छन् । अर्डर गरिएको मुर्तीको मुल्य र यहाँ सम्म ल्याउन हवाई भाडा लगायतको अनुमानित खर्च साढे तीन करोड वोन लाग्ने अनुमान छ । मुर्ती निर्माणका लागि नेपालमा अर्डर दिइसकेको एनसिसिका अध्यक्ष अञ्जु के.सीले जानकारी दिएकी छिन् । नेपालमा बुद्ध जन्मेको सन्देश र नेपाली झण्डा पर्यटकिय गुम्बामा फहराएर उदाहरणिय कार्य गर्न लागिएकोले महान् र ऐतिहासिक कार्यमा कोरियामा रहेका सम्पुर्ण नेपालीले सक्दो सहयोग गर्ने अपेक्षा पनि के.सीको छ । अध्यक्ष के.सीले यस महान् र प्रवित्र अभियानमा सकेको सहयोग गरेर बुद्धको जन्मभुमि नेपालको प्रचार र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आग्रह गरेकी छिन् ।
कोरियामा नेपाली संस्थाबाट गरिन लागेको अभियानलाई ऐतिहासिक र सफल पार्न पनि उनको अपिल छ । नेपालबाट ल्याइने बुद्धको मुर्ती यहाँको अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवका दिन नगर परिक्रमा गराएर योङिनस्थित वाउछङसा गुम्बामा राख्ने कार्यक्रम छ । लाखौ स्वदेशी र विदेशी पर्यटकले अवलोकन गर्ने पर्यटकिय वाउछङ्सा गुम्बामा नेपालको बुद्धको मुर्ति र राष्ट्रिय झण्डा राखिने छ । जसले बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसार र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।
खाता नम्बर र सम्पर्क
Kookmin bank(KB국민은행)code (04)
A/c no.202601-04-369409
Name::Syangtan Rajkumar
राजकुमार स्याङ्गतानः ०१०४१४०४५५०
अञ्जु के.सीः ०१०४०५०५०१२
पेम्बा हेल्मो ०१०६४६८७१८६
भक्त शेरचन
यस अभियानलाई सफल पार्नका लागि अहिले सम्म सहयोग रकम घोषणा गर्नु हुने संघ-संस्था तथा महानुभावहरू:-
(1)नेपाली सम्पर्क समिति 5000000w
(2) नेपाल बौद्ध परिवार.1000000w
(3)अन्जु के सि……….1000000w
(4)कुन्साङ दोर्जे लामा..1000000w
(5)लोचन राई…………..500000w
(6)दीपक पुन…………..351000w
(7)राजकुमार स्याड़तान …350000w
(8)श्रि श्रेष्ठ……………….300000w
(9) पेम्बा दोङ्बा ह्योल्मो..251000w
(10)प्रितम गुरुङ……….201000w
(11) सुन्दर पन्थी ..200,000w
(12) याम श्रीस…….. 100000w
(13)डमर सुब्बा ………..100000w
(14)गोपिन्द्र कुमार कट्याल ……..100000w
(15)पुरूषोत्तम श्रेष्ठ …….100000w
(16)कृष्ण बिधारी………..50,000w
(17)भगवती सलामी………55000W
(18)प्रकाश बस्नेत………..51110w
(19)विनोद खनाल ………..51000w
(20)लेखनाथ पराजुली……51000w
(21)तिर्थराज सन्याल……..50000w
(22)प्रेम+माॅया पुन……….50000w
(23)हेमन्त पुन……………10000w
(24)निर्मल अधिकारी……..21000w