ओखलढुंगा सेवा समाजको साधरणसभा फेब्रवरी १७ मा थेजनमा हुने
दक्षिण कोरियाका विभिन्न ठाउँमा रहेका ओखाजढुंगा बासीहरुको साझा संस्था ओखलढुंगा सेवा समाजको यही सलनालको तेस्रो दिन फेब्रवरी १७ तारिख कोरियाको केन्द्रविन्दुमा रहेको शहर थेजनमा तेस्रो साधरणसभा आयोजना गरिने भएको छ ।
थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा गरिने सो भेलामा संस्थाको विगतका गतिविधीलाई समिक्षा गर्दै आगामी दिनको कार्ययोजना तर्जुमा गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले जनाएका छन् । साथै ओखलढुंगा जिल्लाका विभिन्न ठाउँबाट यस वर्ष कोरिया आएका नवआगन्तुकहरुलाई पनि स्वागत गरिने अध्यक्ष गुरुइ०ले थपे ।
विदेशमा रहेका जिल्लाबासी सम्पूर्ण गोलबद्ध भएर हातेमालो गर्दै भाइचरा र सदभाव बढाउने र दुख सुखमा साथ तथा जिल्ला विकासमा सहयोग गर्ने उद्देश्यले भेला आयोजना गर्न लागेको समाजका सचिव श्रीराम गुरुइ०ले बताए । कोरियाको एक मुख्य पर्व सलनालको अवसरमा लामो विदा हुने भएकाले विभिन्न ठाउँमा छरिएर रहेका ओखलढुंगेहरुलाई भेलामा उपस्थित भईदिन हुन समाजले विषेश आग्रह गरेको छ ।
भेला हुने मिती र स्थान निम्न अनुसार रहेको छ ।
मिती २०१८ फेब्रवरी १७ शनिबार
समय विहान १२ बजे
स्थान सगरमाथा रेष्टुरेन्ट, थेजन यक, हानयाक गरी
010-3047-1960 (मान सिंह गुरुङ)
010-6453-9382 (पचु राम राई)
010-8687-7191 (फडिन्द्र अधिकारि)
010 31153296 (दिलिप श्रेष्ठ )
010-8681-5297 (श्रीराम गुरुङ)
010-2665-3995 (सगरमाथा रेस्टुरेन्ट)