कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र
नेपालीहरू आफ्नो पहिचान खोज्दै पहिचानवादी नेपाली संघिय समाज पार्टी दक्षिण कोरिया प्रवेश गर्ने क्रम बडेसँगै नेपाली संघिय समाज दक्षिण कोरियाले क्षेत्रीय कमिटी गठन कार्य तिब्र पारेको छ । यहि जनवरी 28 तारिक नेफेसो.कोरियाको केन्द्रिय अध्यक्ष महेन्द्र राईको प्रमुख आथित्यमा बुसान-गजेदो क्षेत्रीय कमिटी गठन भएको हो ।
मिलन लिम्बूको अध्यक्षयतामा १३ सदस्य कार्य समिती रहने गरी नेफेसो. क्षेत्रीय कमिटी गठन भएको छ। नेफेसो कोरियाले आगामी फरवरी 16 तारिक वर्तमान नेपालको संबिधान जारी पश्चात संबिधान कार्यान्यवयनको निम्ती रहेको चुनौती र पहिचानवादीहरुको माग संबिधानमा थप गरी मुलूकलाई कसरी समृद्धी बनाउने र प्रवाशमा रहेको नेपाली युवाहरुले के कस्ता भूमिका खेल्न सकिन्छ भन्ने विषयमा केंद्रित रहेर बृहत अन्तर्कृया कार्यक्रमको तयारीलाई पनि तिब्र रूपमा अगाडि बड़ाई रहेको अध्यक्ष महेन्द्र राईको भनाई छ । उक्त बृहत अन्तर्कृया कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरमका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएको छन ।
कोरियाको राजधानीमा आयोजना हुने उक्त बृहत अन्तर्कृया कार्यक्रमको लागि हल समेत बुकिंग गरेको छ ।
नेफेसो कोरियाको क्षेत्रीय कमिटी कार्य समितीहरु :
अध्यक्ष- मिलन लिम्बू, वरिष्ठ उपाध्यक्ष- श्याम महत्तो, सचिब- चन्द्र कुमार सम्बाहाम्फे, कोषाध्यक्ष- रन तामाङ्ग, सदस्यहरु- राज तुम्बाहाम्फे,राई बानु, नेत्र सम्बाहाम्फे,चन्द्र सम्बाहाम्फे(अल्बर्ट),आनन्द याख्खा,ध्यान बहादुर राई,मीन मगर छन । अन्य रिक्त पदहरुमा मनोनीत गर्ने निर्णय गरेको छ । त्यसैगरी शेखर राई र सुरेश सिँ सम्बाहाम्फेलाई सल्लाहकारमा चयन गर्ने निर्णय भएको छ।