कोरियामा म्युजिक भिडियो निमार्णमा चर्चा कमाउदै गरेका हाङ चेम्जोङ संग कुराकानी
कोरियामा बैदेशिक रोजगारीमा रहेर कार्यब्यास्ताको बाबजुद पनि दर्जन म्यूजिक भिडियो निमार्ण निर्देशन गर्नुका साथै कोरियोग्राफमा निकै चर्चा कमाइरहेका छन् हाङ चेम्जोङ । गायिका प्राश्ना शाक्यको विन्ती र मेलिना राइको सुन्य ति रात लगायत एक दर्जन म्यूजिक भिडियो निमार्ण तथा निर्देशन गरिसकेका चेम्जोङको अनुभव र अनुभुतीलाइ छोटो कुरा कानीमा प्रस्तुत गरेका छन् नोगेन नेम्बाइ०ले ।
१. आराम हुनुहुन्छ ?
एकदमै ठिक छु हजुरर्लाइ पनि थाहा छ यहाँ चिसो छ ।
२.दिनहरु कसरी बितिरहेको छ ?
ड्युटी गयो आयो त्यसपछि युट्युब मा भिडियो निर्देशनहरु सिक्यो स्टोरी निर्माण गर्यो यस्तै ।
३. तपाइँको निर्देशनमा अब अर्को के आउदै छ ?
नयन भरि रोजी लाबुङ राइको नयन एल्बमको एउटा गितको शुटिङ सकिएको छ भरखरै मात्रै ।
४. तपाइँ त कोरियामा श्रमगर्न आउनुभएको , तर कसरी यो म्युजिक भिडियो निर्देशनमा लाग्नुभयो ?
नेपाल मा हुदा सिकेको थिए त्यसपछि फुर्सदको समयलार्इ सदुपयोग गर्दै एउटा दुइ गर्दै गर्दै गएको हु ।
५. म्युजिक भिडियो निर्देशन सम्बन्धि नै पढ्नु भएको की आफ्नै अनुभवले सफलता प्राप्त गर्नु भएको हो ?
नेपालमा हुदा काठमाडौंमा सिकेको हु ।
६. म्युजिक भिडियो निर्देशन गर्दै आज यहाँसम्म आईपुग्दा, कस्तो लागि रहेको छ ?
जुनै पनि कुरामा कोहि पनि पूर्ण जान्ने हुदैन सके सम्म राम्रो गर्ने कोशिस गर्दै छु । नेपाल गएर अझ राम्रो गर्ने छु । यहाँ त छोटो समयमा हरेक समस्याहरु संग जुधेर गर्नु पर्ने हुन्छ ।
७. कोरियामा बसेर म्युजिक भिडियो निर्माणरनिर्देशन गर्नु कतिको सहज छ , कुनै झन्झटिलो कानुनि प्रक्रिया छ कि ?
खासै त्यस्तो त छैन तर कैहिलेकाही सुटिङ गर्दागर्दै गर्न मिल्दैन भन्ने आदेश आउँछ उठेर हिड्न पर्ने हुन्छ ।
८. एउटा म्युजिक भिडियो निमार्ण गर्न कति खर्च लाग्छ अनि समय कति लाग्छ ?
एक दिनमै लगातार गर्न पाए पाँच घण्टामा सुटिइ० सकिन्छ । खार्च यस्तै पाँच लाख वन जति हुन्छ ।
९. आजसम्म कतिवटा म्युजिक भिडियो निर्देशन गरिसक्नु भयो ?
लगभग एक दर्जन जति ।
१०. कोरिया बसाइ कति छ अब ?
सकिन लाग्यो लगभग धेर छैन २ बर्ष आधा छ ।
११. तपाइँले कोरिया सम्बन्धि समाचार पनि सम्प्रेषण गरिरहनु हुन्छ । तपाइँको हेराईमा कोरियामा नेपाली श्रमिकहरुको अवस्था कस्तो छ ?
मलाई चै मेरो पहिलो देश नेपाल त्यसपछि कोरिया जस्तो लाग्छ , श्रमलाई सम्मान गर्ने र लगनशील कामलाई माया गर्ने नियम कानुनमा चल्ने एकदमै राम्रो छ ।
१२. अबको योजनाहरु के कस्ता छन् ?
अब आउने दिनमा अझ स्तरिय म्युजिक भिडियोहरु निमार्ण गर्ने प्रयास गर्ने छु ।
१३. तपाई बिबाहित कि अबिबाहित ?
म अविवाहित हो ।
१४. कस्तो जीवन साथी चाहानु हुन्छ ?
रोमान्टिक खाल्को मलाई बुझ्ने मेरो कामलाई माया
१५. अन्त्यमा मैले सोध्न बिर्सेको र तपाईंलाई भन्न मन लागेको कुरा ?
हार्दिक धन्यवाद यो मौका दिनु भयो मेरो मनको कुराहरु राख्ने अझै पनि आउदै छन । मेरो निर्देशनमा बनेका म्युजिक भिडियोहरु हेरी उचित सल्लाह र सुझाव दिन हुन आग्रह गर्दछु । धन्यवाद ।