२२ सेकेन्डअघि भूकम्पको सूचना
फोनिज कोरिया संवाददाता
काठमाडौं-नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।
चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजजिक ठाउमा साइरन प्रयोग गरिनेछ ।
नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको हो ।
नास्टका उपकुलपती जीवराज पाेखरेलका अनुसार भूकम्प अाउनु अघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो । ‘सुरुमा चिनियाँ सहयोगको ८० सेन्सर राखेर काम हुनेछ । देशभर राख्न ३२० सेन्सर चाहिन्छ । जुन नास्टले नै किन्नुपर्ने छ ।’ उनलेभ ने ।
भूकम्पको केन्द्रबिन्दु जति नजिक हुन्छ, सेन्सरले त्यति छिटो जानकारी पठाउँछ । नेपालका विभिन्न क्षेत्र पहिचान गरेर सेन्सर जडान गरिने पोखरेलले बताए ।
भूकम्प गइरहने मुलुकहरु जापान र मेक्सिकोले ७ सेकेण्डदेखि १ मिनेटसम्म ‘अर्ली वार्निङ सिस्टम’ संचालनमा ल्याएका छन् ।-कारोबार