पाँचथर सेवा समाजको अधिबेसन सलनालमा हुने
पाँचथर सेवा समाज दक्षिण कोरियाले सलनालको दोस्रो दिन फेबु्रअरी १६ तारिख सउलमा अधिबेशन गर्ने भएको छ । अधिबेशनमा पाँचथरबासीलाई उपस्थित हुनका लागि समाजले अग्रह गरेको छ ।
जिल्लाबासीलाई सहयोग गर्दै आएको समाजले बिभिन्न खालको सामाजिक कार्य गर्दै आएको समाजका संस्थापक संरक्षक मणि चन्द्र चेम्जोङ बताउँछन् । हामीले स्थापना काल देखि नै निरन्तर बिभिन्न काम गर्दै आएका छौ । हामीले गरेको कार्य जिल्ला बासीहरुको लागि मात्र न भएर नेपाल भरिका साथीभाइलाई सामाजले सहयोग गरेको छ । उनले भने ।
पहिलो अधिबेशनबाट चुनिएको कार्यसमितिको समय अवधी सकिनै लागेकोले अबको अधिबेशनबाट जुझारु र नयाँ कार्यसमिति छनौट हुने कार्यवाहक अध्यक्ष जितेन्द्र चेम्जोङले आशा ब्यक्त गरे । जिल्लाका सबै ठाउँका साथीहरु आउनु हुन्छ भन्नेमा हामी ढुक्क छौ । आशा छ यसबाट एउटा राम्रो टिम तयार हुनेछ । उनले भने । कोरियामा रहेका जिल्ला बासी र सबैलाई नेपाली दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा आउन निम्ता भो । आउनु होला । संस्थाका सचिब नरेन नेम्बाङले भने ।