दुई डिजेको साथमा नेपकोरको सलनाल मास्क डान्स पार्टी २
कोरियन नया वर्षको अवसरमा नेपकोर समूहले सलनाल मास्क डान्स पार्टी २ आयोजना गर्ने भएको छ ।
विशेषगरी दक्षिण कोरियामा रहेका नेपाली युवाहरु माझ मनोरञ्जनात्मक कार्यक्रम गरि चर्चित बनेको नेपकोरले दोस्रो पटक मास्क डान्स पार्टी गर्दैछ ।
अघिल्लो वर्षको पहिलो मास्क डान्स पार्टीमा बेलायतबाट आएका नेपाली डिजेले उपस्थित युवाहरुलाई नचाएका थिए भने यो मास्क डान्स पार्टीमा डिजे बिट र डिजे नटीको साथमा झुम्न सकिने नेपकोरको भनाई छ ।
यो सलनाल मास्क डान्स पार्टीमा थरि थरिका मास्कहरु निशुल्क उपलब्ध गरिनेछ ।
सलनालको विदा संगै चिसो मौसममा कामको थकान र तनावलाई विर्सदै रंगीचंगी मास्क लगाएर डिजेको तालमा झुम्दै डान्स गर्न नेपकोरले आग्रह गरेको छ ।
राति नौ बजेबाट शुरु हुने डान्स पार्टी बिहानको ५ बजेसम्म चल्नेछ । मास्क डान्स पार्टीको प्रवेश शुल्क १५ हजार कोरियन वन रहेको छ ।
डान्स पार्टीमा आउनेहरुको सुविधालाई ध्यानमा राख्दै दोङदेमुन गेट नम्बर ३ र ४ बाट होटल सम्म पुग्न सवारी साधनको समेत व्यवस्था गरेको नेपकोर समूहले जनाएको छ ।