गायिका बबिना किरातिको एल्बम “मर्निङ” NTV PLUS बाट सार्बजनिक हुँदै
फरक र मीठो आवाज कै कारण छिट्टै नेपालि दर्शक श्रोता माझ चिनिएकी गायिका बबिना किरातिको डेब्यु एल्बम “मर्निङ” NTV Plus बाट भोलि साझ 5 बजे सार्बजनिक हुदैछ । नेपाली साहित्य समाज द. कोरियाको दोश्रो प्रस्तुतीको रुपमा आउन लागेको यस एल्बमलाई बिन्धबासिनि म्युजिक कम्पनी ले बजारमा ल्याउन लागेको हो।
इन्टरनेश्नल म्युजिक अवार्ड पाइसकेका सङ्गितकार डि आर अटु को एकल सङ्गीत रहेको यश एल्बममा जम्मा सात वटा गित हरु समाबेश गरिएको छ । जस्मा `माथी माथी हिमाली भेगमा…(शब्द- डि आर अटु), `साइला .. (शब्द- गणेश पौडेल ), टाढा थिएँ.. (शब्द- छबिशित कुलुङ), `मुटु भित्र .. (शब्द – एल जि बिबस), `बिन्दास… (शब्द- धर्ती कल्पना ),`शून्य भाछ… (शब्द – सुरेन्द्र कार्की) , `भुर भुर .. (शब्द- मिलन किराँती ) रहेका छन ।
आउदो फेब्ररी 15 मा हुने कोरियाको साङ्गितिक कार्यक्रमको लागि आफ्नो प्रस्तुती दिन जाने तयारी गर्दै गरेकी बबिना किरातिको यस एल्बम भित्र रहेको गित “माथी माथी हिमाली भेगमा ..” को स्टुडियो लाइभ रेकर्डिङ भिडियोले एलबम रिलिज हुनु अगावै छोटो समयमै सामाजिक सन्जालमा लग्भग एक लाख प्लस भ्युज पाइसकेको छ । सोही गित को अफिसियल भिडियो पनि तयार भैसकेको छ जस्मा बबिना आफैले अभिनय गरेको छिन ।