उत्तर कोरियाको मुख्य नेता किम जंगका बहिनी पनि दक्षिण कोरिया आउदै
दक्षिण कोरियामा शुक्रबारदेखि शुरु हुन लागेको फगंछान हिउदे ओलम्पीक गेम हेर्न उत्तर कोरियाका सर्वश्रेष्ठ नेता किम जंग उनका दाहिने हात मानिने बहिनी किम य जंग पनि आउने भएका छन् । उत्तर कोरियाका नेता किम जंग परिवारका सदस्य पहिलो पटक दक्षिण कोरिया आउने भएको कोरियन संचारमाध्यमले जनाएका छन् ।
उनी हिँउदे ओलम्पीकको शुरुवात उत्सवमा सहभागि हुन आउने भएका हुन् । उनले दाई किम जंग उनका हरेक गविविधीमा संगै हिड्ने र साथ दिदै आएका छन् । दाईको काम काजमा दाहिने हात भएर सघाउदै आएकी बहिनी दक्षिण कोरिया आउदा यहका मुख्य नेता र पदाधिकारीहरुसं पनि दुई देशको सम्बन्ध बारे कुरा हुन सक्ने सम्भावनालाई लिएर उनको आगमनलाई महत्वपूर्णरुपमा हेरिएको छ ।
उनी संगै उत्तर कोरियाका अन्य मुख्य चार नेताहरु पनि आउने भएका छन् । विदेश प्रमुख किम यइ० नाम , एकता मन्त्री लि सन ख्वान र खेलकुद क्षेत्रका छे ह्वी गरी मुख्य चार नेताहरु पनि आउने भएकाले खेलकुद क्षेत्र मात्र हैन दुई देशको सम्बन्ध सुधारका लागि महत्वपूर्ण क्षण हुने आशा कोरियावासीहरुले लिएका छन् ।