कस्तो खाले प्रजातान्त्रिक अभ्यास हो यो ?
अत्रस्त यात्री समीप
बिश्व परिवर्तनशील छ बिश्वको हरेक देशहरुले आफ्नो देशमा भएका त्यस्ता प्रतिभावान् युवाहरुलाई अगाडी सारेर चमत्कारिक रुपमा आर्थिक क्रान्ति गरिरहेका छन र बिकास अनी प्रबिधीमा ठुलो छलाङ मारिरहेका छन। यो समय नेपाल भने आफै बिभाजित छ बिधिको शासन छैन हाम्रो देशमा, कानुन बनाइएको छ केबल न्युन बर्गिय समुदायलाई मात्र लागु हुनेगरी, अनी सोच्ने गर्छु हामी यो कस्तो खालको प्रजातान्त्रिक अभ्यासमा जुटिरहेका छौ? जहा जनताले निर्धक्क भएर आफुले पाएको मौलिक हक अधिकारको उपयोग पनी गर्न नपाउने!
हामिले सु-शासनको परिकल्पना गर्छौ र बिधिको सासन कायम होस भन्ने चाहान्छौ तर ब्यबहारमा हामी आफुले नै अनुसरण गर्न सक्दैनौ वा अनुसरण गर्न चाहादैनौ । कानुन भएर पनी जनताहरु कती अन्याय र अत्याचारमा बाचिरहेका छन भन्ने कुरा त बिश्वमा हुने भ्रष्टाचार सम्बन्धी अध्ययन गर्ने सस्था ट्रान्परेन्सी इन्टरनेसनलले न्यायिक क्षेत्रमा बिश्वकै भ्रष्ट मुलुकहरुको नाम सार्बजनिक गर्दा नपालको नाम अग्रपंक्तिमा अउनुले छर्लङ्ग हुन्छ।
हरेक नेताहरुले भाषण छाँट्ने गर्छन देशमा यो भएन त्यो भएन भन्दै अनेक सपना बाड्दै हिड्ने गरेका छन तथापि सपना देखाइनु र सपना देखिनु ठुलो र नौलो कुरा हैन देखाइएको सपना कती सम्म देख्ने भन्ने कुरा हरेक ब्यक्तिको स्वविवेकमा भर पर्ने कुरा हो। परिबर्तनको लागि सपना देख्नै पर्छ तर परिबर्तन पनी सकारात्मक र नकारात्मक दुई थरीका हुन्छन भन्ने बुझ्न जरुरी छ।
हामिले मिठा सपना देख्न थालेको दशकौ भैसकेको छ तर ती सपना,सपना र चाहानामा मात्रै सिमित हुदै अनेक बाहाना बनाई राजनैतिक खेल खेल्ने कारणमा मात्रै सिमित भैरहेको छ। देखाइएका सपना र हामिले देखिएको सपनाहरु कसरी पुरा हुन्छ या कुन माध्यम बाट पुरा हुन्छ भन्ने कुराको निर्क्यौल गर्न हामिले सकिरहेका छैनौ तसर्थ सपना देखाउनेहरुकै कुरामा अल्झिरहेका छौ। भन्नमा नेताहरुले प्रजातान्त्रिक ब्यबस्था आत्मसात गर्ने र त्यसको अभ्यासमा छौ भनेर भने पनी त्यसको लागी चाहिने जुन बिधिको शासन हो त्यो हामि कहा छैन र यही ढङ्गले देश अगाडी बढिरहनेहो भने अझै सैयौ बर्ष पछी सम्म पनी नेपालमा बिधिको शासन लागु हुने अबस्था देखिदैन।
हरेक सरकारहरु गठन भैसके पछी बिना योजना मनपरी ढङ्गले बिबिध कार्यक्रमहरु सञ्चालन हुने गर्दछ जस्को एक ज्वलन्त उदाहरण अहिलेको सरकारको बृद्दा भत्ता र बेरोजगार युवाहरुलाई दिइने भनिएको भत्ता लाई पनी लिन सकिन्छ। सस्तो लोकप्रियताको लागी मनपरि निर्णय गर्ने परमपरा हरेक सरकारमा आउने नेतृत्वकर्ता हरुले गरिरहेका छन तर ती योजनाहरु संचालनको लागी चाहिने आर्थिक स्रोत कहाबाट आउने भन्ने बारे न सरकारले नै सोच्छ न त जनताले नै सोच्न भ्याएका छन। कुनैपनी योजनाले देशको लागी भलो गरोस नगरोस तर आफ्नो गोजीमा 2-4 पैसा पर्ने गरी निर्णय कुनैपनी सरकारले गर्यो भने हामी कुरै नबुझेर हत्तपत्त ताली बजाउछौ।
देश चरम आर्थिक संकटमा अगाडि बढिरहेको छ । हावाको तालमा आएको संघियता कार्यन्वयनमा ल्याउनको लागी आवाश्यक बजेट जुताउन अहिले देशी बिदेशी दाता सामु हार गुहार चलिरहेको छ यसमा अझै बेरोजगारी भत्ता र बृद्धा भत्ता खानेको संख्या उल्लेख्य बृद्दी हुदा देश कुन दिशामा अगाडी बढ्ने हो हेर्न बाकी छ तर जुन कुराहरु भै रहेका छन ती कुराहरु प्रजातान्त्रिक मुलुकमा हुने भन्दा ठिक उल्टो दिशामा भैरहेको छ। सरकारले बिभिन्न भत्तामा खर्च गर्ने रकम उनिहरुलको जिबिकोपार्जनका निम्ती आवाश्यक शीप र ब्याक्तीत्व बिकाशमा लगानी गर्ने हो भने बेरोजगारी समस्यामा राहत मिल्ने छ र त्यो स्थाई दिगो समाधानको मन्त्र पनी हुनेछ। जस्ले देशलाई सकारात्मक बाटो तर्फ दोहोर्याउन मद्दत गर्नेछ र जनता जिबिकोपार्जनका निम्ती आफै सक्षम हुदा प्रजातान्त्रिक पद्दतिले पनी एक खुड्किलो अगाडी बढ्नेछ।
हैन भने आर्को सरकार आउला त्यस्तै भत्ता सम्बन्धी आर्को ब्यबस्था गर्ला जाला फेरी आर्को आउला त्यस्तै गर्ला अनी देशको थाप्लोमा ऋणको भार बढ्दै जादा त्यसको जबाफदेहिता जनताहरु पनी हुन पर्ने कि नपर्ने? लोकतन्त्र सहितको प्रजातान्त्रिक ब्यबस्थामा जनताले आफ्नो जिबिकोपार्जन गरी देशलाई सबल बनाउन अघि बढ्ने की सरकारले जनताको हात बाढेर बिश्व बैंक र दातृ निकायहरु बाट प्राप्त ऋण रकममा भत्ता मात्रै खाएर बस भन्ने??
जैमिनी नगरपालीका-8 छिस्ती बागलुङ
हाल याङ्जु दक्षीण कोरिया