नेफेसो कोरियाको अन्तर्कृया कार्यक्रमको तयारी पुरा, केन्द्रिय सचिव कोरिया आउने
नेपाली संघीय समाज (नेफोसो) दक्षिण कोरियाले यही कोरियन पर्व सलनालमा फेब्रवरी १६ तारिख आयोजना गर्न लागेको बृहत अन्तरकृया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएका छन् । राई अघिल्लो दिन १५ तारिक कोरिया आइपुग्ने सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जनाएको छ ।
नेफेस कोरियाले स्थापनाकालदेखि नै बिभिन्न सम सामायीक बिषयमा बहस र छलफल गर्दै प्रत्यक्ष अप्रत्यक्षरूपमा नेपाली समाज रूपांतरण गर्न महत्वपूर्ण योगदान गर्दै आईरहेको छ । नेपालमा हालै सम्पन्न बिभिन्न तहको निर्वाचनमा पनि सन्तोषजनक जित हाशिल गरेका छ ।
पहिचान र समृद्धि नेपाल निर्माणको लागि प्रवाशमा रहेको नेपाली युवाहरुको भूमिका बिषयक सो अन्तरकृया कार्यक्रम सौलको हेवादोङ, छुंगरु स्थित हवासु बिल्डिङमा आयोजना गरिने छ । जातिया मुक्तिका लागि संघियता र वर्गीय मुक्तिका लागि सामाजवाद भन्ने मूल नारा नेफोसको रहेको छ ।
संघिय समाजवादी फोरम नेपालको बिश्वको बिभीन्न मुलुकमा प्रवास संगठन रहे पनि कोरियामा भने सन २०१३ मा नेपाली संघिय समाज दक्षिण कोरिया नाम रहने गरी शाखा स्थापना भएका थियो ।
कार्यक्रम सफल बनाउन कोरियामा क्रियाशील सम्पुर्ण संघ संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारि, पत्रकार, विधार्थीहरु लगयात सम्पुर्ण कोरियावाशी नेपाली दाजु भाई दिदी बहिनी हरुमा उपास्थित भई दिन हुन नेपाल संघीय समाज (नेफेसो) कोरियाको अध्यक्ष महेंद्र राईले आह्वान गरेका छन् ।