थारु कल्याणकारीणीले सलनालमा भेटघाट गर्ने
थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले सलनालमा पहिलो दिन फेबु्रअरी १५ मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सभाले कार्यक्रममा दक्षिण कोरियामा विभिन्न पेशामा कार्यरत सम्पुर्ण थारु समुदायलाई उपस्थित भै एक आपसमा परिचय, शुभकामना आदानप्रदान गरिदिनु हुन अनुरोध गरेको छ । हामीले सकेका सबैलाई भेटघाट गराउने लक्ष्य लिएका छौ । यो बिदाको समयमा सबै भेट्ने वातावरण मिल्ने भएकोले कार्यक्रम राखेका हौ । संस्थाका कार्यबाहक अध्यक्ष शिव शंकर महतो थारुले भने ।
कार्यक्रममा थारु समुदायको हक हित र अधिकार प्राप्तिको लागि संस्थालाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिने सभाले बताएको छ ।
कार्यक्रम तोङदेमुनको सुभेच्छा रेस्टुरेन्टमा विहान ११ बजेबाट सुरु हुनेछ ।