इतरले सलनालमा कविता कन्सर्ट गर्ने

सलनालको तेस्रो दिन अर्थात यहि १७ तारिखमा इतर आवाज साहिल्य समाजले कबिता कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा नेपालबाट कबि उप्रेन्द्र सुब्बा र स्वप्निल स्मृति आउने भएका छन् ।
‘दक्षिण कोरियामा नेपाली साहित्यिक उभार उम्दो छ । बीज ढुङ्गामाथि छरेपनि उम्रिन सक्छ त्यस्तै हो सृजनाको बीज पनि । प्रबासको कडा मेहनत, पीडा, फुर्सदको सानो समय आत्म सन्तुष्टिको मनोरङ्गहरु, माटोको प्रेम भावहरुले जहाँ रहे पनि उन्माद बनाई रहदो रहेछ । यस्तै आकांक्षाले ओतप्रोत भएर नेपाली साहित्यमा मौलिकता माथि इतर जिकिर हामीले यो कार्य थालेका छौ ।’ इतरका अध्यक्ष तथा कार्यक्रमका संयोजक पराजित पोमुले भने । ‘सबैले सहयोग गर्नु हुन्छ भन्ने हामीलाई लागेको छ । ‘
कबिता कन्सर्ट सउलको नेपाल हाउसमा हुनेछ । कार्यक्रममा नेपालबाट आएका कबिसँगै दक्षिण कोरियामा रहेका बिभिन्न कबिहरुले आफ्ना कबिता बाचन गर्ने आयोजकले जनाएका छन् ।