झापामिलन समाज दक्षिण कोरियाले यसपाली पनि दोङदेमुन सरसफाई कार्यक्रम गर्ने

झापा मिलन समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन अर्थात फेब्रुअरी १५ तारिखका दिन मध्यान्ह १२ बजे देखि दोङदेमुन सरसफाई अभियान कार्यक्रम गर्ने भएको छ।
“हामी जहाँ भए पनि एउटै बिशेषता, रचनात्मक कार्यका लागि झापाली एकता” भन्ने मुल नाराका साथ प्रत्येक बर्ष सलनालको अवसरमा दोङदेमुन सरसफाई कार्यक्रम गर्दै आएको छ। कोरियाको नेपाली टाउन भनेर चिनिने दोङदेमुनमा नेपालीहरूको अत्यन्त भिडभाड हुने र जथाभावी फोहोर फाल्ने गरेको हुदा जन चेतना स्वरूप यस्तो कार्यक्रम गर्दै आएको र आगामी दिनमा अन्य शहरहरुमा पनि सरसफाई अभियान कार्यक्रम जारी राख्ने समाजका अध्यक्ष राजु सन्तोषी थापाले बताउनु भएको छ।
उक्त कार्यक्रम भव्यतका साथ सम्पन्न गर्न साथै अभियानमा सहभागी हुन सम्पुर्ण पत्रकार,समाजसेवी,संघसस्थाका प्रतिनिधि, व्यापारी, विधार्थी लगायत कोरियावासी महानुभावहरूलाई सहभागिताको लागी हार्दिक अनुरोध गरेको छ ।