एसएलसीको परिक्षाफल फोनिजमा पनि हेर्न सकिने
फोनिज कोरिया संवाददाता
काठमाडौं-२०७१ सालको एसएलसीको परिक्षाफल प्रकाशित भएको छ | परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउसो प्रकशित गरेको हो | नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षाफल fonijkorea.com पनि हेर्न सकिन्छ |
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्षको एसएलसीमा ५३.९४ प्रतिशत पुरुष र ४४.९६ प्रतिशत महिला परीक्षार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी २१ हजार २ ४७ जना डिस्टिङ्सन ल्याइ उत्तीर्ण भएका छन् । १२ हजार ४ सय २६ पुरुष र ८८ सय २१ महिला परीक्षार्थीले डिस्टिङ्सन ल्याएका छन् ।
९० हजार १ सय ७६ जना परीक्षार्थी फस्ट डिभिजन ल्याउँदै उतीर्ण भएका छन । जसमा ५२ हजार ५ जना पुरुष र ३८ हजार एक सय ७१ महिला परीक्षार्थी रहेका छन् ।
यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी (प्रवेशिका) परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए |
परीक्षाफल यस अघि आइसक्नुपर्ने भए पनि बैशाख १२ गते गएको महाभुकम्पका कारण केहि समय ढिला भएको थियो |
यसबर्ष एसएलसी परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थीमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ र एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जना विद्यार्थी सहभागी थिए ।