एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ का कलाकारहरू काेरिया अाइपुगे।
कोरियाको नयाँ वर्ष सलनालको अवसर पारेर दक्षिण कोरियामा साेलु सम्पर्क समितिले अायाेजना गर्न लागेकाे एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ को कलाकारहरू बुधबार काेरिया अाइपुगेेका छन्।उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु गायिका मेलिना राई, शिव परियार, मिलन लामाका साथमा हास्य कलाकार संदिप क्षेत्री लगायतका कलाकार काेरिया अाएका हुन्।कार्यकेम संयाेजक दावा लामाका अनुसार कलाकार राज सिग्देल भने अाज बुधबार बेलुकी ८ बजे अस्ट्रेलियाबाट अाउदैछन् ।
कलाकारहरूलार्इ स्वागत गर्नका लागी कार्यक्रम संयाेजक दावा लामा, साेलु सम्पर्क समितिका अध्यक्ष टि अार खालिङ ,प्रचार प्रसार प्रमुख सुनिल दिप्त रार्इ,सल्लाहकार थुप्तेेन शेर्पा,अजुपजंग बस्नेत लगाएतका पदाधिकारी इनछन अन्तराष्ट्रिय बिमानस्थलमा पुगेका थिए।
बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । नेपाल ललितकला मञ्च सह आयोजक रहेको उक्त साँगीतिक कार्यक्रम फेब्रअरी १५ तारिखका दिन सौलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा हुने भएको छ ।
काेरियामा रहेका सम्पुर्ण महानुभावहरूलार्इ मनाेरञ्जन सहित समाजसेवामा सरिक हुन पनि अायाेजकले बिनम्र अनुराेध गरेकाेछ।