रेसुंगा सांस्कृतिक झलक ३ का कलाकारहरु कोरिया आइपुगे।
रेसुंगा सांस्कृतिक झलक ३ का कलाकारहरु बिहिबार काेरिया अाइपुगेका छन्।
यहि फेब्रुअरी १६ तारिखकका दिन आयोजना हुने रेसुंगा सांस्कृतिक झलक भाग ३ को लागि चर्चित पप गायक सुगम पोख्रेल नेपाल आइडलकि चर्चित रक गायिका केंजल मेहर श्रेष्ठ लगायतका कलाकारहरु कोरिया आइपुगेका छन । गायककार सुगम पोख्रेल तथा केन्जल मेहर श्रेष्ठ हिजो नै कोरिया आइपुगेको भएपनी बाकी कलाकारहरु बमबहदुर कार्की ,रुपा घर्तिमगर ,सोनिका रोकाया विल्सन बिक्रम राई तथा खुमन अधिकारी लगायतका कोरिया आइपुगेका हुन ।
कलाकारहरू लाइ स्वागत गर्नका लागी गुल्मी सम्पर्क समिति काेरियाका अध्यक्ष गान्दिब सुबेदी लगाएतका पदाधिकारीहरू इन्छन अन्तराष्ट्रिय बिमान स्थलमा पुगेका थिए।
कोरियामा रहेका संघ संस्था तथा ब्यावसायिक कम्पनी हरुको बिसेष सपोर्टमा गर्न लागिएको उक्त कार्यक्रममा सन् २०१७ मा बिसेष चर्चा बटुलेका कलाकार हरु कोरिया ल्याइएको आयोजक गुल्मी सम्पर्क समितिले जनाएको छ ।
दर्शकको सुविधालाई ध्यानमा राखी दोंग्देमूनको गेट नम्बर २ र ३ बाट कार्यक्रम स्थल सम्म पुग्नको लागि बसको ब्याबस्था पनि गरिएको छ भने कार्यक्रम लाइ थप मर्यादित बनाउन करिब २ सयको हाराहारीमा स्वयंसेवक समेतको ब्याबस्था गरिएको छ ।
कार्यक्रमलाइ हानापास रेमिट्यान्स,जीएमइ रेमिट्यान्स,दर्शन नमस्ते रेस्टुरेन्ट दोंग्देमुन, निक नेपाल ट्राभल्स दोंग्देमुन, हेप्पी कुक रेस्टुरेन्ट सुयु , कुमारी भान्छा घर दोंग्देमून, माया मार्ट दोंग्देमून माछापुछ्रे बैंक ,फोरिन स्टोर तथा पूर्णिमा रेस्टुरेन्ट सुवनले बिसेष सौजन्य गरेका छन् भने हाल सम्म २ सय ५० जनाको हाराहारीमा सहयोगी दाताको नामावाली गुल्मी सम्पर्क समितिको फेसबुक पेज बाट प्रकाशित गरिएको बताएको छ । कार्यक्रममा नेपाल मगरसंघ कोरियाका कलाकार हरुको पनि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।