गायिका बबिना किराँतीको एकल संगित साँझ हुने


भर्खरै मात्र सोलो एल्बम “मर्निङ द बिगिनिङ” ल्याएर चर्चामा रहेकी गायिका बबिना किराँतीको एकल संगित साँझ (लाइभ म्यूजिक
कन्सर्ट) हुने भएको छ।

कोरियन नववर्स सलनालको अवसरमा नेपाली साहित्य समाज (नेसास),दक्षिण कोरियाले आयोजना गर्न लागेको यो कार्यक्रम फेब्रुअरी १७ तारेख साँझ ७ बजेबाट लुम्बिनी रेस्टुरेन्ट,सौलमा सम्पन्न हुनेछ।”बबिना किराँती एकल संगित साँझ-२०१८” नाम दिईएको यस कार्यक्रममा गायिकाले उनका चर्चित गीत लगायत “मर्निङ” मा समावेस भएका गीतहरु प्रस्तुत गर्नेछिन्। उनको सहजिकरणका निम्ती गायक रमेश संगौला तथा चर्चित संगितकार डि आर अटुले पनि केहि बिशेस प्रस्तुतीहरु पस्कनेछन् भने कविहरुले केहि रमाईला गजल/कविताद्वारा उनलाई साथ दिनेछन्।

यो कार्यक्रम दुबै मृगौलापिडित गायिका जलजला परियारको सहयोगार्थ गर्न लागिएको जनाउँदै आयोजक संस्थाका अध्यक्ष यल्जी विवश भन्छन्-“साहित्य सेवा भनेको मानव-सेवा पनि हो, समाजसेवा पनी हो , त्यसमाथी एकजना संगितसाधक जो बिरामबाट थल्लिएकी छिन् जसबाट नेपाली संगितले धेरै पाउनु बाँकी छ, त्यसैले उनलाई सहयोग गर्नु हाम्रो परमकर्तव्य र जिम्मेवारी पनि सम्झिएका छौँ।”

कार्यक्रममा मनोरन्जनका अतिरिक्त स्रस्टा सम्मान तथा स्रस्टा बिदाई कार्यक्रम पनि समावेश गरिएको जनाउँदै यस कार्यक्रमका संयोजक एवं सस्थाका उपाध्यक्ष बिश्णु वाग्लेको दावी छ-“प्रवेश टिकट पनि सस्तो, साथमा भरपुर मनोरन्जन अनि प्रतेक टिकटमा फ्री डिनरको ब्याबस्था पनि भएकोले कार्यक्रम ब्यापक उपस्थितिको साथमा भव्य रुपमा सम्पन्न हुनेमा ढुक्क छौं।” कार्यक्रमको टिकट मात्र २०,००० वोन रहेको छ भने हरेक टिकटबाट निशुल्क रुपमा नेपाली खानाको डिनर सेट उपलब्ध गराइने ब्यबस्था गरिएको छ।

गायिका किराँती यो कार्यक्रम बाहेक अन्य दुई सांगितिक कार्यक्रममा समेत पर्फम गर्दैछिन् भने संगितकार डिआर अटुको एकल संगित एवं नेपाली साहित्य समाज, दक्षिण कोरियाको दोस्रो प्रस्तुती रहेको “मर्निङ” एल्बमको “माथी माथी हिमाली भेगमा…” बोलको उनको गीत अहिले चर्चाको शिखरमा छ। बिन्द्यावासिनी म्यूजिकले बजारमा ल्याएको यो “एल्बम” को बिमोचन केहि समय अघि नेपाल टेलिभिजनको एक चर्चित लाइभ कार्यक्रमबाट गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...