प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्चबिच संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न


अबिश्रान्त शर्मा
सउल—प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया बिच शनिबार सउलमा संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा दुबै संगठनका अध्यक्षहरुको नेतृत्वमा संगठनका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्चको तर्फबाट केन्द्रिय अध्यक्ष परशुराम सापकोटा , केन्द्रिय सल्लाहकारहरु गोबिन्द गाउले , श्रृजना नेपाली ,केन्द्रिय उपाध्यक्ष लाल सउद ,महासचिब श्रमदिप चौलागाई लगाएतका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यसै गरी नेपाली जनप्रगतिशिल मञ्चको तर्फबाट केन्द्रिय अध्यक्ष खगेन्द्र बुढामगर , उपाध्यक्ष इश्वर कठायत ,महासचिब नबिन गुरुङ लगाएतका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

उक्त भेटघाट कार्यक्रमले दुबै संगठन बिचको भावनात्मक एकतालाई थप मजबुत बनाएको र आगामी दिनमा संयुक्त रुपमा राजनीतिक तथा सामाजिक गतिबिधी संचालन गर्नको लागी सहज वातावरण निर्माण गर्न सकारात्मक उर्जा पैदा गरेको तथा आपसी सद्धभाव बृद्धी गरेको कुरा उक्त भेटघट कार्यक्रमको बारेमा जानकारी दिदै प्रवासी नेपाली मञ्चका माहासचिव श्रमदिप चौलागाइले बताउनु भयो ।

साथै भेटघाट कार्यक्रम पछी दुबै संगठनका अध्यक्षहरुले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल सरकारका नव नियुक्त प्रधानमन्त्री के .पि. शर्मा ओलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् । साथै नब गठित बाम गठबन्धनको सरकारले नेपाली जनमतको कदर गरी संबृद्ध नेपाल निर्माण गर्दै समाजबाद प्राप्तिको बाटोमा दृढताका साथ उभिने छ भन्ने बिश्वास गरेका छन् ।

संयुक्त प्रेस बिज्ञप्तीको पुर्ण पाठ

संयुक्त प्रेस बिज्ञप्ती

आज मिती २०१८ फेब्रुवरी १७ तारिख शनिवारका दिन प्रवासी नेपाली मञ्च दक्षिण कोरिया तथा नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया बिच संयुक्त भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गदै दुबै संगठन का अध्यक्ष सहितको छलफल बाट आगामी दिनमा संयुक्त रुपमा राजनीतिक तथा सामाजिक गतिबिधी संचालन गर्न प्रारम्भिक छलफल गरियो ।

साथै नेपाल सरकारका नव नियुक्त प्रधानमन्त्री के .पि. शर्मा ओली ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ । नब गठित बाम गठबन्धनको सरकारले नेपाली जनमतको कदर गरी संबृद्ध नेपाल निर्माण गर्दै समाजबाद प्राप्तिको बाटोमा दृढताका साथ उभिने छ भन्ने बिश्वास गर्दछौ ।
त्यसै गरी नेपालमा सम्पन्न भएको प्रादेशिक तथा संघिय संसदको निर्वाचनमा बाम गठबन्धन बाट निर्वाचित हुनु हुने सम्पुर्ण माननीय सांसद ज्यू तथा प्रादेश सरकारको नेतृत्व गर्नु हुने सम्पुर्ण माननिय सदस्य हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।

अध्यक्ष अध्यक्ष
खगेन्द्र बुढामगर परशुराम सापकोटा
नेपाली जनप्रगतिशिल मञ्च प्रवासी नेपाली मञ्च

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...