एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न।अायाेजकद्वारा धन्यबाद ज्ञापन।
कोरियाको नयाँ वर्ष सलनालको अवसर पारेर दक्षिण कोरियामा साेलु सम्पर्क समितिले अायाेजना गरेकाे एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न् भएकाेछ।
बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गरेकाे कार्यक्रममा नेपाल ललितकला मञ्च सह आयोजक रहेको थियाे। फेब्रअरी १५ तारिखका दिन सौलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएकाे हाे।
राष्ट्रिय कलाकारहरू, शिव परियार, मेलिना राई, मिलन लामा, राज सिग्देल, सन्दीप क्षेत्री लगाएत स्थानीय कलाकारहरूले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। मेलिना राईको कम्मर माथी पटुकी, कुटुमा कुटु,अरु आधा दर्जन गितहरु गाएकी थिईन। शिव परियारकाे पिउदिन भन्दै पिलायो साथीले, अल्लारे जस्ता गीतले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन गराएका थिए भने मिलन लामाको, माझी दाइ पोखरा फेवातालको गीतले दर्शकहरुलाई नचाएका थिए ।
नेपालका चर्चित हास्याकलाकार सन्दिप क्षेत्रीले उपस्थित दर्शकलाई पेट मिचिमिची हस्याएका थिए ।राज सिक्देलले, उ जितेर गई या हारेर गई, बोलको गित गाएर दर्शक दीर्घ लाई भाबुक बनाएका थिए।साथै स्थानीय कलाकार हरुले पनि नृत्य र गित गाएर दर्शक हरुलाई मनोरञ्जन गराए
साेलु सम्पर्क समिति काेरियाका अध्यक्ष टि अार खालिङकाे सभापतित्वमा नेपाली दुताबास दक्षिण काेरियाका श्रम काउन्सेलर डिल्लिराम बास्ताेला प्रमुख अतिथि रहेका थिए। बिशेष अतिथिमा काेरियामा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू थिए।
कार्यक्रमलार्इ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयाेग गर्ने बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरू,राष्ट्रिय स्थानिय कलाकारहरू,सपाेर्टर मेडिया पार्टनरहरू, स्पाेन्सरहरू लगाएत दिनरात खटिनु हुने अायाेजकका सम्पुर्ण पदाधिकारी सदस्य शुभचिन्तकहरू सबैलार्इ कार्यक्रम संयाेजक दावा तामाङ तथा संस्थाका अध्यक्ष खालिङले बिशेष धन्यबाद प्रदान गरेका छन्।