कोरियामा लाफा इन्भेष्टमेन्ट को भेटघाट तथा अन्तकृया सम्पन्न
टेक पुन
समग्र आर्थिक समृद्धिका लागी १५ वटा देशमा कृयाशिल मगरहरु द्वारा स्थापना गरेको “लाफा इन्भेस्टमेन्ट लिमिटेड” पब्लिक कम्पनीले दक्षिण कोरियाको सऊल स्थित नेपाल हाउसमा यहि २०१८ फेब्रुअरी १७ तारिकका दिन “भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । यस कार्यक्रममा कम्पनीको आवश्यकता, स्थापना, औचित्य र महत्त्वको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर ज्ञानेन्द्र पुनमगरले प्रस्ट पार्नुभएको थियो । त्यसैगरी कम्पनीको प्रोजेक्टहरु र लाफा भिलेजको बारेमा कम्पनीको बोर्ड डाइरेक्टर रक्षाबहादुर रैकामगरले, बिदेशमा बसेकाहरुको लगानी बारेमा कम्पनीको प्रोमोटर बसन्त श्रीनेट मगर व्यावसायिकताको बारेमा कम्पनीको प्रोमोटर टन्क रानामगरले प्रस्तुती गर्नुभएको थियो ।
कोरियामा रहेका २८ जना कम्पनीको प्रोमोटरहरुको ब्यबस्थापनमा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एनआरएनए एसिया प्यासिफिक उपसंयोजक तथा एनआरएनए कोरियाका पुर्वअध्यक्ष ब्यबसायी बिनोद कुवर, एनआरएनए कोरियाका बरिस्ठ उपाध्यक्ष ब्यबसायी बिपिन गुरुङ, एनसीसी कोरियाका अध्यक्ष अन्जु केसि, एनआरएनए कोरियाका निबर्तमान बरिस्ठ उपाध्याक्ष ब्यबसायी ओम जुग्जालीमगर, एनआरएन कोरियाका निबर्तमान महासचिब तथा ब्यबसायी दिपक पुनमगर, फोनिज कोरिया डट नेट अनलाइन मिडियाका प्रमुख ब्यबस्थापक यम श्रीस मगर अतिथीहरु सहित कोरियामा रहने नेपालीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
अन्तर्कृया कार्यक्रम कोरिया च्याप्टर संयोजक खड्ग थापामगरको अध्यक्षता कम्पनीकोको प्रोमोटर अप्त पुनमगरको स्वागत र प्रोमोटर टेक पुनमगरको सन्चालनमा सम्पन्न भएको थियो ।
हाल काठमान्डौको नागार्जुन नगरपालिका स्वीजरल्यान्ड पार्क नजिकै लाफा भिलेजको परियोजना निर्माण गरिरहेको र निकट भबिश्यमा होटल टुरिजम , कृषि हाइड्रो विभिन्न उधोग तथा बित्तिय सस्था हरुमा लगानी गरिने लाफा इन्वेस्टमेन्ट कम्पनीमा कोरियाबाट कम्पनीमा लगानी गर्न ईच्छुक लगानीकर्ताले एक शेयर सदस्यले एक लाख देखि पाच लाख रुपैया मार्च १५ तारिक सम्म लगानी गर्न सकिने कम्पनीले आव्हान गरिको छ ।
सम्पर्क
खड्ग थापामगर ०१०-३२१८-२३९८
अप्त पुनमगर ०१०-६२३२-७९११
टेक पुनमगर ०१०-७३१०-६६०६