जेजुमा नेपाली राजदूतावासले ‘समसामयिक अन्तरक्रिया कार्यक्रम’को आयोजना गर्ने
दक्षिण कोरियाको पर्यटकीय स्थलको रुपमा प्रसिद्ध टापू जेजुमा नेपालीहरुका लागि ‘समसामयिक अन्तरक्रिया कार्यक्रम’ हुने भएको छ । नेपाल राजदूतावास सौलको आयोजना तथा जेजु नेपाल कमिटिको सहयोगमा कोरियामा रहेका नेपालीहरुको समयमै स्वेछिक घरफिर्ती, नेपालमा लगानीका सम्भावना लगायत श्रमिक स्वास्थ्य तथा अन्य समसामयिक सरोकारका विषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।
महामहिम नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहको उपस्थितिमा आगामी २५ तारिख आइतबार जेजु शहरको जेजु माइग्रेन्ट सेन्टरको सेमिनार हलमा दिनको १ बजेदेखि ४:३० बजेसम्म गरिने उक्त कार्यक्रममा जेजुबासी नेपालीहरुको उपस्थिति तथा सक्रिय सहभागिताको लागि समेत आयोजकले आग्रह गरेको छ ।
कार्यक्रमको बारेमा थप जानकारीको लागि सुभद्रा पालुंगवा जेजु, फोन ०१०९१४३४४३८ र डिल्लीराम बाँस्तोला, नेपाली दूतावास ०१०५५०८६११८ मा सम्पर्क गर्न सकिने छ ।