बुद्ध, बुद्धत्व र बुद्धमुर्ती प्रतिस्थापन अभियान
चित्र बहादुर मोक्तान
बुद्ध , बुद्धत्व र बोद्धिसत्व यी तीन शब्द्धले बनेको दर्शन नै बुद्ध दर्शन हो । बुद्ध दर्शन समुन्द्र हो जसमा लाखौ लाख खोला बगेर समुन्द्रमा पानी मिसे झै लाखौ लाख बिचारहरुको ज्ञानले भरिपुर्ण दर्शन छन् । जुन दर्शनमा उल्लेख भएका कुराहरु तपाईं हाम्रो जीवनको हरेक पाइलामा लागू हुन्छ ।
इशापूर्व छैटौँ शताब्दीमा लुम्बिनीमा जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि विकास भएको बौद्ध शिक्षा तथा उपदेशले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएको छ । तत्कालीन समयमा कपिलवस्तु गणराज्यका राजा शुद्धोदनका सुपुत्रका रुपमा जन्म लिएका सिद्धार्थले गहनतम् खोजपश्चात् ज्ञान हासिल गरेपछि प्रतिपादन गरेको दर्शनले अहिले अन्तर्रा्ष्ट्रिय तहमा धेरैलाई आकर्षित गरेको र सकारात्मक प्रभाव फैलाउँदैछ ।
तर भारतमा कृत्रिम कपिलेश्वर तथा लुम्बिनी बनाएर बुद्ध भारतमा जन्मेको गलत प्रचार गरिएका कारण विदेशमा फैलाइएको भ्रमको अन्त्य गर्न नेपाली नागरिकहरुले देश बिदेश सबै ठाउँमा आआफ्नो तरिकाले लागि परेका छन । नेपालमा ‘बुद्ध नेपालमा जन्मेका हन्’ भन्ने सन्देश सहित काठमाडौको टुडिखेलमा लाखौ नेपालीहरु जम्मा हुदैछन् । सो कार्यक्रममा ७५ हजार भन्दा बढि नेपालीले एकैपटक बुद्धवचन वाचन गरी विश्व कीर्तिमान कायम गर्दै अन्तराष्ट्रि स्तरमा बुद्ध जन्मेको ठाउँलाई चिनाउन पहल शुरु भएको छ ।
यस्ता ठूला कार्यहरु भन्दा पहिला नै आआफ्नो ब्यक्तिगत तवरले बुद्ध दर्शन अध्ययनरत भिक्षु लामा, टुल्कु, रेम्पोर्छेहरुले देश तथा बिदेशमा शान्तिका अग्रदुत भगवान बुद्धको उपदेशहरु फैलाउदै आएका कुरा बिर्सनु भने हुदैन ।
राज्य सरकार भन्दा नागरिकको चेतना स्तर बढी
नेपाललाई विश्वमा चिनाउन दुई कुराले चिनाउँछ । पहिलो विश्वमा सबै भन्दा अग्लो शिखर (च्योमोलुङ) सगरमाथा र दोस्रो विश्व शान्तिको अग्रदुत (सा केवा बुद्ध ) शक्यमुनि बुद्धको जन्म भुमी । यी दुबै राष्ट्रको सम्पतीलाई विश्व सामु चिनाउने, प्रचारप्रसार गर्ने पहिलो दायित्व राज्यको हो । तर त्यस्तो कदम राज्य स्तरबाट खासै भएको छैन । त्यो भन्दा आम नागरिकले आफ्नै पहलमा काम गरेका छन् । त्यसैले भन्न सकिन्छ सरकारको भन्दा समान्य जनको स्तर बढि छ ।
राज्य सरकार खुलेर नलाग्नुको कारणहरु
१) नेपाल भित्र बिभिन्न धर्म ,जाती ,र भाषा भाषी छन । तर नेपालमा राष्ट्रिय धर्म हिन्दु र राष्ट्रिय भाषा भनेर खस भाषालाइ भनिन्थ्यो र भनिन्छ ।
२) सामुदायगत रुपमा नेपालमा विशेष गरि तीन सामुदायको संयुक्त बसोबास छन । जसमा ( क) आदिबासी जनजाती सामुदाय (ख) मधेशी सामुदाय (ग) खस आर्य सामुदाय । तर राज्य सरकारमा भने सदियौ बर्ष अघि देखि हिन्दु बर्णाश्रम भित्रको खस आर्य सामुदायको मात्र बर्चश्व हुनु ।
घ) एकीकरणको नाममा यी तीन सामुदाय एकीकरण भएर देशको हितमा सोच्नु पर्ने बेलामा कथित एउटै सामुदाय एउटै बिचार धाराका तर नाम मात्र फरक राजनितिक एकीकरण गरेको नाटकहरु बेलामा बेलामा दोहोर्याएर जनतामा भ्रम सिर्जना गर्न तल्लिन रहनु ।
३) गुम्बा र बुद्ध मुर्तिको प्रतिस्थापन
अहिले देश तथा बिदेशमा गुम्बा र बुद्ध मुर्ती प्रतिस्थापन को एउटा होड्बाजी नै चलेको छ । देशमा गुम्बा र मुर्ती प्रतिस्थापन गर्न धेरै आन्दोलनहरु गर्नुपरेको ताजा इतिहासहरु छन । बिगत केही बर्ष अगाडि काङ्ग्रे बिहारमा बुद्ध मुर्ती प्रतिथापन गरिसकेकोलाइ सरकारी पक्षबाट ढालेर मुर्ती अझै अलपत्रमा छदैछ ।
बौद्ध गुम्बा निर्माणमा कथित एक चीन नीति अन्तरगत दलाइ लामाको नाम झुण्ड्याइ सरकारि पक्षबाट नै विभिन्न अबरोधहरु श्रृजना गर्नु यसको ज्वलनत उदाहरण हुन सक्छ ।
४ )बुद्ध जन्मेको देशमा भन्दा बिदेशमा बौद्ध गुम्बा र मुर्ती प्रतिस्थापनमा सजिलो
दक्षिण कोरियामा दुईवटा नेपाली गुम्बाहरु छन नागर्जुन गुम्बा र सउल नेपाल गुम्बा छन् । संस्थाको रुपमा नेपाल बौद्ध परिवार नामक संस्था छ । जसले धार्मिक गतिबिधी र समाजिक सेवाको काम गर्ने गरेका छ्न ।
हालसालै यी तीन वटा धार्मिक सस्था र नेपाली सम्पर्क समिती अनि विभिन्न सामाजिक सस्थाको पहल कदमीबाट “बुद्ध भारतमा जन्मेका हुन भन्ने भ्रम चिर्नकै लागि कोरियामा पनि नेपाली बुद्धको मुर्ती प्रतिस्थापन गर्न नेपाली जनस्तरमा आर्थिक अभियान तिब्र गतिमा अघि बढिरहेको अबस्था छ । अभियान राम्रो छ । सबैले आआफुले सकेको सहयोग गरौ । तर राज्य सरकारको पक्षबाट कुनै आर्थिक सहयोग नहुने कुरा निश्चित देखिन्छ । अन्य के कस्तो सहयोग हुन्छ भबिष्यले देखाउँला ।
बिदेशमा गुम्बा र बुद्ध मुर्ती प्रतिस्थापनले प्रत्यक्ष अप्रत्यक्ष के कस्तो लाभ होला ?
क) आर्थिक एबम भौतिक लाभ
गुम्बा र बुद्ध मुर्ती प्रतिस्थापनले दुबै देश आर्थिक एबम भौतिक लाभ लिन सक्ने देखिन्छ । सम्बन्धित देशको नागरिक सम्बन्धित स्थलसम्म आवातजावतले धेरै लाभहरु हन्छ नै ।
ख) कुटनैतिक सम्बन्धमा लाभ
दुइ देशको कुटनीतिक सम्बन्धलाइ पनि झन नजिक बनाउने अबसरहरु यी नेपाली गुम्बा एबम बुद्ध मुर्ती प्रतिथापनले सहयोग गर्ने देखिन्छ ।
बुद्ध मुर्ती प्रतिस्थापनमा मुर्तिको अनुहार
बुद्ध मुर्तिको अनुहार सम्बन्धित देश अनुसारको बेग्ला बेग्लै हुने भएकोले नेपाली बुद्धको अनुहार पनि नेपाली बुद्धको जस्तै होस । ताकी कोहि कसैसँग मेल खाने नहोस । मुर्तिमा Body भन्दा पनि बढी Face लाई प्राथमिकता दिने गरिन्छ ।
आर्थिक सङ्कलन अभियान
बुद्ध मुर्ती प्रतिस्थापनको लागि सङ्कलन गरिएको आर्थिको हिसाब, लेखा जोखा चुस्त दुरुस्त होस । जतिसुकै पबित्र काम भनेर अभियान सुरु गरे पनि अन्तमा आर्थिक बिषयले अपबित्र बनाउछ । जसलाइ लक्षित रकम कति ? नपुगमा के गर्ने ? र बढी भएमा के गर्ने ? भन्ने जस्ता प्री प्लानीङ गरेर अघि बढौ । हामीसँग बिगतको अनुभव छ । जस्तै संयुक्त अभियानबाट संचालित नेपाल हाउसबाट पाठ सिकौ ।
(लेखक आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका निबर्तमान अध्यक्ष हुन् ।)