दक्षिण कोरियाका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जगं उन एप्रिलमा भेट्ने


सोल

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका नेता किम जंग उनवीच आगामी महिना एप्रिलमा भेट वार्ता हुने भएका छन् । दुवै देशका सिमाना स्थित शान्ति घरमा आयोजना गरिने दक्षिण र उत्तर शिखर सम्मेलनमा उनीहरु भेटेर दुई देशका सम्बन्ध सुधार बारे थप छलफल गरिने भएका ह्नु ।

उत्तर कोरिया पुगेर वार्ता गरी आज फर्केका राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख चोंग वा डाइले एक पत्रकार सम्मेलन गरी सो जानकारी गराएका हुन् । उत्तर कोरियामा किम जंगसंग भेटेर गरिएको सम्झौता बारे विस्तृत जानकारी दिदै चोंगले थपे उत्तरले परमाणु करणको समस्याबारे छलफल गर्न र कोरियाली सम्बन्ध सम्बन्धी सामान्यतया संयुक्त खुल्ला अन्तराष्ट्रिय वार्तामा छलफल गर्ने इच्छा व्यक्त गरेको छ।

सम्झौतामा उत्तरले दक्षिणको विरुद्धमा परमाणु हतियार वा पारंपरिक हतियार प्रयोग नगर्ने प्रतिज्ञा गरेका छन् । साथै दुवै नेतावीच सिधै सम्पर्क गर्न सकिने हट लाइन पहिलो पटक स्थापना गरिने निर्णय गरिएको छ । उत्तर कोरिया संयुक्त राज्य अमेरिकासंग पनि वार्ता गर्न तयार भएका छन् । सो वार्ता अवधिभरी उत्तरले कुनै परमाणु परिक्षण नगर्ने जनाएका छन् ।

दुई कोरियावीचको सैन्य तनाव र सम्बन्धहरूलाई सुधार गर्न थप छलफल गर्ने भएका हुन् । दुवै देशका सिमाना निर्धारण गरिएको डिएमजेट क्षेत्रमा दक्षिण कोरिया तर्फ निर्मित शान्ति घरमा दुवै नेता वार्ता गर्ने भएका छन् । यो अन्तर कोरियन सिखर सम्मेलन तेस्रो पटक हुने भएको कोरियन संचारमाध्यमले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...