कोरिया प्रभाबशाली नेतालाई बलात्कारको आरोप : गर्भनर पद र पार्टीबाट निस्कासन
दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका प्रभाबशाली नेता तथा भुतपुर्ब दक्षिण छुङछेङ प्रान्तका गर्भनर हेजुङ अनलाई यौन दुब्र्यवहारको अभियोग लागेको छ । उनले आफ्नो स्वकिय सचिवलाई बलात्कार गरेको आरोप लागेको हो ।
सोमबार भएको एक टेलिभिजन अन्तरर्वातामा उनका स्वकीय सचिव रहि सकेकी जीउन किमले बलात्कारको आरोप लगाएकी हुन् । आठ महिनाको अबधीमा चार पटक बलात्कार गरेको र साथै धेरै पटक यौन दुब्र्यवहार गरेको आरोप अन्र्तवार्तामा भनेकी छिन् ।
जीउनले हेजुङसँग सन् २०१७ को जुन देखि यो बर्षको फेबु्रअरीसम्म काम गरेकी थिइन् । यही समयमा बिभिन्न ठाउँमा बलात्कार गरेको भए पनि सामाजिक डरका कारण आफुले कसैलाई घटनाका बारेमा नभनेको बताएकी छिन् ।
५२ बर्षिय हेजुङ सत्ताधारी पार्टीको दोस्रो प्रभाबशाली नेता र राष्ट्रिपति मुनजे इनका विस्वास पात्रका रुपमा चिनिन्थे । मुन पछि उनी नै दक्षिण कोरियाका डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्धवार हुने लगभग पक्का थियो । उनलाई यौन दुब्र्यवहारको आरोप लागे पछि गर्भनर पद र पार्टीको सबै जिम्मेवारीबाट हटाइएको छ ।
आफुलाई लागेको आरोपहरुका बारेमा हेजुङले सामाजिक सञ्जाल फेसबुक मार्फत माफी मागेका छन् । उनले आफ्नो मुर्खतापूर्ण कार्यका लागि सबैसँग क्षमा दिन आग्रह गरेका छन् । सथै जीउनलाई आफ्नो ब्यावहारका लागि माफी मागेका छन् ।
मंगलबार हेजुङ बिरुद्ध सउलको प्रहरीमा औपचारिक रुपमा मुद्धा दायर भएको छ ।