Advertisement
SKIP THIS

दक्षिण कोरियामा कार्यरत पूर्व विद्यार्थीले विद्यालयलाई सहयोग


 

दोलखा वैतेश्वर गाँउपालिका पुतलीकाठको जनज्योती माध्यमिक विद्यालयका पाँच जना पूर्व विद्यार्थीहरुले विद्यालयलाई कम्प्युटर, स्टेशनरी र खेल सामाग्री दिएका छन् ।

बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका सरोज के.सी, रामकाजी श्रेष्ठ, चन्द्र कुमार घिसिङ, दिपकराज गिरी र सुमन तामाङले १ लाख ४३ हजार ५ सय २६ रुपैया बराबरको ३ थान कम्प्यूटर र ३५६ जना विद्यार्थीको लागी स्टेशनरी तथा खेलकूद सामाग्री वितरण गरेका हुन् । आइतबार विद्यालयमा एक साँस्कृतिक कार्यक्रम गरि सो सामाग्रीहरु वितरण गरिएको थियो ।
कार्यक्रममा वैतेश्वर गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले यसरी विद्यालयलाई सहयोग गरेकोमा खुशी ब्यक्त गरे । विद्यालयका प्रधानाध्याक केदार प्रसाद काफ्ले पढेर गएका विद्यार्थीले फेरी विद्यालयलाई सम्झिकोमा धन्यबाद दिए । ‘पहिले पढ्ने भाइहरुले विद्यलयको हितमा सोचेर सहयोग गर्नु भयो । हामी खुशी छौ ।’ उनले थपे ।
विद्यालयका पूर्व विद्यार्थी तथा दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले विद्यालयले गर्दा आफ्नो जीवन परिवर्तन भएको स्मरण गर्दै आफूहरुले गरेको सहयोगले अहिले पढ्दै गरेको विद्यार्थीको पढाईको थप सहयोग हुने आशा ब्यक्त गरे । ‘हामी कोरियामा गाह्रै काम गरेर भए पनि केही आम्दानी गरि रहेका छौ । साथीभाइ मिलेर आफूले पढेको विद्यालयलाई सहयोग गर्न सकियो । खुशी लाग्यो ।’ उनले भने ।
सांस्कृतिक कार्यक्रममा वैतेश्वर गाँउपालिका वडा नं १, २ र ३ का ६ वटा विद्यालयको सहभागिता रहेको थियो । जनज्योती मावि पहिलो, गौरीशंकर प्रावि दोस्रो, कैलेश्वर प्रावि तेस्रो भएको थियो भने हिमालय प्रावि सान्त्वना भएको थियो । विजयी प्रतियोगीहरुलाई नगद तथा स्टेशनरी सामाग्री पुरस्कार वितरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...