Advertisement
SKIP THIS

अप्रील १५ मा रिलिज हुने फिल्म ‘कथा कोरियाको’ ट्रेलर सार्वजनिक


सउल, आगामी अप्रील १५ मा रिलिज हुने फिल्म ‘कथा कोरियाको’ ट्रेलर सार्वजनिक भएको छ । समाजसेवी तथा राप्ती समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार वली र नेप्लिज आर्ट लभर्स ईन कोरियाका अध्यक्ष तथा राप्ती समाज दक्षिण कोरियाका उपाध्यक्ष दिल मोहन पुनको डेब्यु निर्माण गरेको फिल्मको ट्रेलरले ई.पी.एस.मार्फत कोरिया आएका नेपालीहरुको जीवनशैलीमा आधारित प्रत्यक्ष र अप्रत्यक्ष उतार-चढाबलाई समेट्न खोजिएको छ ।

फिल्ममा नायक राम चन्द्र बुढा मगरलाई प्रेममा फसेको प्रष्ट देख्न सकिन्छ। तर प्रेम सँग-सँगै कथाले कस्तो मोड लिन्छ,भन्ने कुरा थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । राज वलीको व्यानरमा दिल मोहन पुन प्रस्तुतकर्ता रहेको फिल्ममा कमल वलीको निर्देशन र कथा लेखन रहेको छ । फिल्ममा रामचन्द्र बुढा मगर,सञ्जु न्यौपाने,शुसील गौतम,ज्योती नेपाली,निर्मल घर्ति मगर,सबिना के सी,बिर कुमार वली,मल्लीका थकाली,सन्तोष जि सी,ऐजेल,सुर्य के सी,अन्जु के सी,अमर छन्त्याल,प्रतिमा छन्त्याल,जगन्नाथ वली,लक्ष्मी लामा गुरुङ,अरुण श्रेष्ठ(ई पी एस छिन्गु) लगायतका कलाकारको अभिनय देख्न पाईनेछ।

फिल्ममा रमेश जंग थापाको छायांकन,सी.एल शर्मा र छवीलाल भन्डारीको संगीत,मनोजराज,मेलीना राई,रुपक डोटेल,सि.एल. शर्माको स्वर,जागृत के.सी. र दिल मोहन पुनको कोरियोग्राफी, राम प्रसाद चौधरीको सम्पादन,शुन्यमान श्रेष्ठको मिक्सीङ र बिजी.बी. को पोष्ट प्रोडक्सन रहेको छ। कोरियाको व्यस्त समयको सही सदुपयोग गरेर गर्मीमा ४१ डीग्री त जाडोमा माईनस-१७ डीग्री मा पनि छायांकन गरेको फिल्मका कार्यकारी निर्माता रिम बहादुर के.सी. रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...