अन्तत बचाउन सकेन सुकमानलाई


सोल

कोरियामा अस्पतालको सघन कक्षामा लामो समयदेखि मृत्युसंग जुधिरहेका सुकमान लुइ०वालाई अथक प्रयासका बाबजुद पनि अन्तत बचाउन सकिएन् । कृतिम स्वाश प्रस्वासबाट चलिरहेको मुटुको ढुकढुकी बन्द भएको छ । सोमबार विदउसो उनको निधन भएको चिकित्सकले जानकारी दिएपछि झिनो आशा पनि विलिन भएको छ ।

शुरुमै ब्रेन डेथ भइसकेका सुकमान क्षय रोग र अन्य विभिन्न समस्यासंग अचेत अवस्थामा १५ महिनादेखि सउलको अस्पतालमा उपचार्थ थिए । दुई नर्सका साथ विषेश सेवामा उनको उपचार भइरहेको थियो । तैपनि उनले विदेशमै अन्तिम स्वास फेरे ।

नेपालमा उनको परिवारको नाममा दिदी र दाई सम्पर्कमा आएका छन् । परिवारकै इच्छा अनुसार सुकमानको मृत शरिरलाई पनि कोरियामा अन्त्य गरिने भएको छ । अत्येष्टीको लागि आवश्यक आर्थिक खर्चको लागि यहाँका नेपाली संघ संस्थाले सहयोगको अपिल गरेका छन् ।

केही महिना अघि मात्र नेपालबाट आएका चिकित्सकहरुले अस्पतालमा गई उनको अवस्थाबारे बुझेका थिए । केही सञ्चो भएपछि नेपालमै पठाएर उनको उपचार गरिने बारे कुरा भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए । नेपाल पुगेपछि परिवारले उनको अनुहार हेर्न पाउने आशा पनि विलिन भएको छ ।

सुकमान कोरियामा गैर कानुनीरुपमा लामो समयदेखि बस्दै आएको बुझिएको छ । उनलाई बाटोमा अचेत र बेबारीसे अवस्थामा भेटिएपछि कोरियनले अस्पतालमा पुराएका थिए । उनीसंग पासपोर्टको फोटोकपी भेटिएपछि नेपाली राजदूताबासमा खबर गरिएको थियो । उनी कोरियाको कहाँ बस्थे भन्ने पनि जानकारीमा आउन सकेको थिएन् । अस्पतालमा भर्ना भएदेखि नै उनी अचेत अवस्थामा भएकाले उनकोबारे थप जानकारी पाउन गारो भएको शुरुदेखि नै उपचारमा संलग्न एनआरएनएकी अध्यक्ष लक्ष्मी गुरइ०ले बताइन् ।

चितवन जगतपुर ७ निवासी सुकमान लुङबालाई शुरुमा इन्छन शहर स्थित यन्से सेब्रान्स अस्पतालमा भर्ना गरिएको थियो । तत्कालिन समयदेखि नै उनलाई कृतीम स्वास प्रश्वासको सहरामा उपचार गराईदै आएका थिए । शो अस्पतालमा शुल्क धेरै आएपछि कोरियाका एनआरएन , तामाइ० संघ र चितवन सम्पर्क समितीको पहलमा नेपाली जनमानसबाट आर्थिक सहयोग संकलन गरेका थिए । पछि क्षय रोग सम्बन्धी अस्पतालमा सारीएको थियो ।

प्रदेशमा लामो समयदेखि परिवार र साथीसंगीबाट टाडा रहेर एक्लै गुमनाम अस्पतालको शैयामा रहेको सुकमानको शरिर अब खरानी भएर सकिने छ । आपतमा परेका नेपालीलाई सहयोग गर्ने कोरियाका नेपाली समुदायकै सहयोगमा १५ महिना कृतिम स्वासकै सहारामा भएपनि बचाउन सफल भए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...