ब्राजिलियन स्टार नेईमार माथि ४ खेल प्रतिवन्ध
निश्चल काउचा
सोल – चिलीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको कोलम्बियाविरुद्दको खेलमा खेल भावनाविपरीतको क्रियाकलाप गरेका ब्राजिलियन स्ट्राइकर नेमारलाई ४ खेलमा प्रतिबन्ध लगाइएको छ । साथै १० हजार डलर जरिवाना तिर्नु पर्नेछ ।
ब्राजिल १–० ले पराजित भएपछि नेयमारले आक्रोसमा बल हान्दा कोलम्बियाका अर्मेरोलाई लागेको थियो । त्यही बिबादले उग्र रुप लिए पछि रेफ्रीले नेयमार र कोलम्बियाका बाकाले रातो कार्ड पाएका थिए । खेलको अन्तिम सिठी बजिसकेको अवस्थामा नेमारले कोलम्बियाका खेलाडीलाई बलले प्रहार गरेका थिए ।
बाकालाई २ खेलको प्रतिवन्ध लगाइएको छ । यद्यपि दुबैलाई निर्णयविरुद्ध अपील गर्ने अधिकार छ ।