पत्रकार महासंघ कोरियाले नयाँ सदस्याताको आवहान सहित मार्च २५ मा साधरणसभा गर्ने 


सोल

दक्षिण कोरियामा सक्रिय नेपाली पत्रकारहरुलाई गोलबद्ध गर्दै पत्रकारिता बारे छलफल गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ (एफएनजे) दक्षिण कोरियाले यहि मार्च २५ तारिख साधारण सभा गर्ने भएको छ ।

सउलमा गरिने सो कार्यक्रममा नेपालबाट राष्ट्रिय मिडिया सेतोपाटीका सम्पादक ज्योति देबकोटा को उपस्थिती रहने छन् । अमेरिकामा लामो समय रही पत्रकारिता गरेका पत्रकार ज्योति देवकोटासंग प्रवासको पत्रकारिताको बारेमा अन्तरक्रिया गरिने अध्यक्ष खेम कार्कीले बताए ।

एफएनजे कोरिया शाखाले आगामी बर्षको लागि नया सदस्यता आबेदन समेत खुल्ला गरेको छ । कोरियामा रही बिभिन्न मिडियामा अबद्व पत्रकारहरुले यहि मार्च 24  तारिख सम्म आफु आबद्व भएको मिडियाको सिफारिस , शैक्षिक योग्यताको प्रमाणपत्र सहित कोरियान वन ८० हजार तिरी निबेदन दिन सक्ने छन् । नबिकरणको लागि ३५ हजार कोरियन वन शुल्क रहेको छ ।

उक्त बार्षिक साधारण सभामा कोरियामा रही पत्रकारिता क्षेत्रमा कलम चलाउने सम्पूर्ण पत्रकारहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

कार्यक्रम बारे थप जानकारी
स्थान  – नेपाल हाउस  , दोंङ्म्यो आफ गेट न. 2 , ट्रेन लाइन न . १
समय – दिउसो ठिक १२ बजे देखि
मिति –  २०१८ मार्च २५ आइतबार
सम्पर्क – खेम कार्की – अध्य्क्ष – ०१०६४५३३०५० ,
किशन गौतम – सह सचिब – ०१०५९२३२९१२

नयाँ र पूरानो सदस्यता आबेदनको लागि सम्पर्क –

खेम कार्की  (अध्य्क्ष),

मंजु गुरुङ( सचिब) 010- 2665 -3995

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...