कोरियामा सुतेकै अवस्थामा मृत्यु हुने आतंकले फेरी शिर उठायो


सोल

विदेशमा काम गर्न गएका नेपालीहरु सुतेकै आवस्थामा अचानक मृत्यु हुने आतंकले हरेकलाई त्रसित पारेको छ । यो अज्ञात डरले कोरिया बासी नेपालीलाई पनि छाडेको छैन् । कोरियामा पनि सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या बढ्दो छ ।

यसैक्रममा शनिबार विहान फेनतेक स्थित एक कृषी फार्ममा काम गर्ने दिल बहादुर थापाको सुतेकै अवस्थामा निधन भएको खबरले कोरियाबासी सबैलाई दुखी बनाएको छ । स्याइ०जा कृष्ण गण्डकी गाउँपालीका निवासी ३६ वर्षिय थापा सात महिना अघि मात्र इपिएस मार्फत कोरिया आएका थिए । विहान करिब ११ बजेतिर पनि नउठेपछि खाना खान संगै बस्ने साथीले बोलाउदा थापाको शरिर चिसो भइसकेको जनाइएको छ ।

थापाको शबलाई प्रहरीको निरक्षण पछि स्थानिय अस्पतालमा राखिएको छ । नेपालमा परिवारलाई पनि खबर गरिसकेको श्रम सहचारीले जनाएको छ । परिबारबाट शबलाई नेपाल पठाउन सहमति पत्र प्राप्त हुनसाथ नेपाल पठाइने उनले थपे । निरक्षण गर्न सोमबार दूताबासका कर्मचारी घटना स्थाल जाने भएका छन् ।

संगै सुतेको साथी अचानक यस्तो अवस्थामा भेटिदा कस्तो मनस्थिती होला भोग्नेलाई नै थाहा हुन्छ । यस्तो अवस्था बारे सुन्नेलाई पनि अवाक बनाएको छ । सुतेकै अवस्थामा किन मृत्यु हुन्छ भन्ने बारे दूताबासद्धारा अध्ययन टोली बनाएर प्रतिवेदन तयार पारेपनि कमि हुन सकेको छैन् । त्यस्तै स्वस्थ्य सचेतना कार्यक्रम गरेपनि प्रभावकारी हुन सकेको छैन् । वास्तवामा भन्ने हो भने यसको ठोस कारण नै पत्ता लगाउन सकेको छैन् ।

कोरियामा तग वर्ष २०१७ मा ६ जनाले सुतेकै अवस्थामा ज्यान गुमाएको देखिन्छ । यस वर्षको शुरुवाती तेस्रो महिनामा थापाको निधन भएको छ । शनिबार एक नेपालीको शबलाई अन्त्येष्ठी कै क्रममा अर्को नेपालीको अज्ञात कारण अचानक मृत्युको खबर फैलिएको थियो । सुतेकै अवस्थामा अचानक आश्चार्यजनक मृत्यु हुने यो अज्ञात डरले फेरी शिर उठाएको छ । सम्पूर्ण नेपाली सचेत हुन र स्वास्थ्यमा ख्याल दिन आवश्यक छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...