थेगुमा अप्रिल ८ मा चलचित्र कन्छी प्रदर्शन गरिने

लोकप्रिय अभिनेता दयाहाइ० राई र अभिनेत्री श्वेता खडका अभिनित नेपाली कथानक चलचित्र कान्छी आगामी अप्रिल ८ तारिख कोरियाको एक मुख्य शहर थेगुमा प्रदर्शन गरिने भएको छ । सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले ओखलढुंगा सेवा समाजले थेगुमा कान्छी प्रदर्शन गर्न लागेका हुन् ।
चलचित्र प्रदशनबाट प्राप्त रकमलाई ओखालढुंगाको रुम्जाटारमा निमार्णधिन बौद्ध गुम्बा तथा ओखालढुंगाका दुई जना मृगौला रोगी गुरु प्रसाद दाहाल र सकुन्धरा गुरुइ०लाई सहयोग गरिने समाजले जनाएको छ । चलचित्र कान्छीलाई नेपालबाट कोरिया भित्राएका किराँत राई यायोक्खाको सहकार्यमा थेगुमा समाजले देखाउन लागेका हुन् ।
अघिल्लो हप्ता सउलमा नायक दयाहाइ०लाई रेड कारपेटमा सम्मान गर्दे अत्यधिक दर्शकका साथ चलचित्र प्रदर्शन गरिएको थियो । कडा परिश्रमको थकानलाई मेटाउदै मनोरञ्जनका साथै प्रत्यक्ष सामाजिक कार्यमा समेत सहयोग पुराउन थेगु वरीपरी रहेका नेपाली दर्शकलाई समाजले हार्दिक आग्रह गरेका छन् ।
चलचित्र प्रर्दशन गरिने मिति र स्थान निम्न अनुसार रहेको छ ।
मिती :- २०१८ अप्रिल ८, आइतबार
समय :- दिनको १२ बजे
स्थान :- 동성아트홀 , (थोगंसगं आर्ट हल)
(थेगु यकबाट पैदल ३ मिनेट,
स्टयान्डर्ड चार्टड बैंक र बालाजी रेष्टुरेन्टको भवन )
सम्पर्क
मानसिंह गुरुइ० – 010 30471960
बाबु राम गुरुइ० – 010 85781165
बिजय राई – 010 24551632
फडिन्द्र अधिकारी – 010 86977191
छोइ०नुरी शेर्पा – 010 59584174
पेशल राई – 010 30988683