कोरियामा रहेका झापालीहरूको तथ्यांक संकलन सुरु
झापा मिलन समाज दक्षिण कोरियाले झापालीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । कोरियामा बिभिन्न क्षेत्रमा काम गरिरहेका सबैलाई सो कार्यमा सहभागि हुन पनि समाजले आग्रह गरेको छ ।
समाजको स्थापना देखि नै विभिन्न कार्य गर्दै आएको संस्थाका संरक्षक केपी सिटौलाले बताए । ‘उनले भने सन् १९९१ देखि नै नेपालीहरु कोरिया आउने भए पनि झापालीहरुले सन् २००७ देखि आफ्नै झापा मिलन समाज स्थापना गरेका हौ ।’
आपत विपदमा सहयोग हुने भएकाले तथ्यांक संकलन गर्नु लागिएको अध्यक्ष राजु सन्तोषी थापाले भने ।
सदस्यताका लागि यो लिंकबाट आबेदन फर्म भर्न सकिन्छ ।
https://docs.google.com/forms/d/1-MzYxihYO0Am7PeEXZsnrPaHnarh5ul342zdORpx5qw/viewform?edit_requested=true