दोलखाली समाज दक्षिण कोरियाले बिरामीलाई सहयोग
दोलखाली समाज दक्षिण कोरियाले मृगौला र व्लड क्यान्सर रोगबाट पीडित बिरामीलाई आइतबार उपचार खर्च सहयोग गरेको छ । समाजले दक्षिण कोरियामा संकलन गरिएको रकम सहयोग गरेको हो।
सहयोग पाउनेहरुमा व्लड क्यानसरका बिरामी भीमेश्वर नगरपालिका वडा नम्वर ५ का मदन केसी र मृगौला रोगबाट पिडित शैलुङ गाउँपालिका वडा नम्वर ६ का रामकाजी खड्काको उपचारका लागि जनही ५१ हजार ३ सय ५ रुपैयाँ एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसी र दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले मदनका बुबा नारायण केसी र रामकाजीका छोरा युवाराज खड्कालाई सो रकम हस्तान्तरण गरेका हुन् । मदन केसीको उपचारका लागि हालसम्म १६ लाख रकम संकलन भएको छ ।
दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले यो रकम कोरियामा रहेका नेपालीहरुबाट संकलन गरेको बताए । साथै उनले दिएको पैसा उपचारमा नै खर्च गर्न होस भन्ने आशा गरेको बताए ।
कार्यक्रममा समाजले दोलखाली समाज दक्षिण कोरिया र दोलखाली समाजले मलेसियालाई सम्मान गरेको थियो ।