कोरियामा सर्वाधिक राशीको “दोस्रो डेउ कप फुटबल प्रतियोगिता” मे-६ मा आयोजना गर्ने
सुरेश सिंह सम्बाहाङ्फे / गजे
डेउ नेपाली एकता समाज दक्षिण कोरियाले मे-६ मा “दोस्रो डेउ कप फुटबल प्रतियोगिता”आयोजना गर्ने भएको छ।दक्षिण कोरियाको गजेदो क्षेत्रमा अबस्थित लुम्बिनी रेष्टुरा एण्ड बारको मुख्य प्रायोजनमा प्रतियोगिता गर्न लागिएको हो।
कोरियामा भैरहने फुटबल प्रतियोगिताहरु मध्ये सर्वाधिक धनराशी रहेको यश दोस्रो डेउ कप फुटबल प्रतियोगिताको बिजेताले ३५ लाख वन र उपबिजेताले २०लाख वन प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट मेनेजर र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको साथमा कप, मेडल र प्रामाण-पत्र प्रदान गरिनेछ।
यश प्रतियोगितामा सहभागी जनाउन इच्क्षुक फुटबल टिमहरुले अप्रील-१ बाट अप्रील -२२ सम्ममा टिम दर्ता गरिसक्नु पर्नेछ । टिम दर्ताको लागि प्रति टिम ४ लाख वन तोकिएको छ। टिम दर्ताको लागि सम्पर्क ब्याक्तिहरु डेनि राई(010-3032-1982) र सोम लिम्बू (010-2948-9307) हुनुहुन्छ भने टिम दर्ता रकम IBK बैकको खाता नम्बर 15910530001011 (man prasad) मा जम्मा गरिदिनु सूचना जारी गरेको छ ।
मे-६ मा बिहान देखि सन्चालन हुने खेल डेउ कम्पनी आसपास रहेका सुबिधा सम्पन्न २ खेल मैदानमा नकआउट नियम पद्धती अनुसार खेलाइने डेउ एफ.सि. का कप्तान सोम लिम्बुले जजानकारी जानकारी गराए । पूरा प्रतियोगिता नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको निगरानिमा रहनेछ। “दोस्रो डेउ कप फुटबल प्रतियोगिता”मा यत्रतत्र छरिएर रहनु भएका सम्पुर्ण खेलप्रेमी महानुभावहरुलाई उक्त प्रतियोगितामा उपस्थिती जनाइ स्वादिष्ट नेपालि परिकारका खाना खाइ भरपुर्ण मनोरञ्जन लिएर प्रतियोगितालाई भव्य सभ्य रुपमा सफल पारिदिनुहुन आयोजक डेउ नेपाली एकता समाजले हार्दिक अनुरोध गरेको छ।
विश्वको दोस्रो ठूलो पानीजहाज कम्पनी “डेउ सीप बुल्डिङ एण्ड मेरिन इन्जिनियरिङ”कम्पनिमा कार्यरत नेपालिहरुको साझा सस्था”डेउ नेपाली एकता समाज दक्षिण कोरिया”ले छोटो अवधिमै आफ्नो स्थापनाकालदेखी सामाजिक सेवामा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरहेकोछ।”हाम्रो चाहाना प्रवासी एकता र आपसि सद्धभावको कामना”भन्ने मुल नाराका साथ गतवर्ष आयोजना गरिएको “पहिलो डेउ कप फुटबल प्रतियोगिता”भव्य रुपमा सम्पन्न भएको थियो।