तिमी दुख्यौ रे
तिमी दुख्यौ रे,
तिम्रो कथा सुनेको
तिम्रो लामो लामो कथा
उराठ लाग्दा र निराशाका कथा
हिजो तिम्रो थियो त्यो ठाउ यो ठाउ
आज अरुको भयो
तिमीसंगै रुने मनहरु
आज पराइ भयो
किन होला तिमी उसैको थियौ
तर तिमी पराइ भयौ
मैले सुने तिम्रा कथा
तिम्रा ब्यथा
उराठ लाग्दा र निराशाका कथा
तिमी हाँस्दा मुस्काउने
तिमी रुदा छटपटिने
तिम्रा आफन्त
फगत कथा बन्यो
तिम्रो आफ्नो पराइ भयो
सुन्छौ ???
सुन सुन्न सक्छौ भने
घाउ म संग पनि छन्
दुखेका कथा
म संग झन् कति
मात्र ति फरक छन्
तिमीलाई दुखाउने घाउ मात्र तिम्रा आफ्ना थिए
मलाइ दुखाउने घाउ त मेरै रगत थिए
किनकि मेरै रगत थिए
त्यसैले त मैले
मेरा घाउहरु लुकाए
घाइते तिमी पनि थियौ
घाइते म पनि थिए
फरक तिम्रो घाउ पराइको थियो
मेरो घाउ मेरै रगतको थियो