नेपाली परोपकार समाज थेगुको चौथो अधिबेसन सम्पन्न
कोरियाको एक ठूला शहर थेगु वरी परी बसोबास गर्ने नेपालीहरुद्धारा गठित नेपाली परोपकार समाज थेगुको चौथो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले सहमतीमै दिनेश कडेलको अध्यक्षतामा नयाँ कार्यसमिती समेत चयन गरेको छ ।
निबर्तमान अध्यक्ष राजन ढकालको कोरिया बसाईको बैधानिक कार्य अबधी सकिएर नेपाल फर्कने भएकाले संथाले नयाँ कार्यसमिती चैन गरेको हो।
प्रवासी भुमिमा नेपाली बिच एक आपसमा हातेमालो गर्दै दुर्घटना तथा अन्य समस्या परेका बेला सहयोग गर्ने मुल उदेश्यको साथ यो समाज सन् २०१४ मा स्थापना भएको हो ।
समाजले स्थापनाकालदेखि आपतकालिन समयमा संथाको हैसियत अनुसार आर्थिक, भौतिक तथा नैतिक सहयोग पुराउदै आएको छ । त्यस्तै नेपालमा पनि विभिन्न प्राकृतिक प्रकोप परेको बेला आम प्रकोप पिडितहरु लाई सक्दो सहयोग गर्दै आइरहेको समाजले जनाएको छ।
नब गठित कार्य समितिका पदाधिकारीको नामावली न्मिन अनुसार रहेको छ।
१. दिनेश कडेल – अध्यक्ष
२. वसन्त पौडेल – उपाअध्यक्ष
३. नवीन बराल – सचिब
४. मोहन वोस्ती – उप सचिब
५. फणिन्द्र भट्टराई – कोषा अध्यक्ष
सदस्यहरुमा अरुण तिवारी , सुमन सारु , नरेन्द्र अर्याल , खगेन लिम्बू , सुरेस श्रेष्ठ , रन्जित प्रधान
बरिस्ठ सल्लाकारमा
राजु गुरुङ
राजन ढकाल
विशेष सल्लाकार
हिम गुरुङ
लाल थापा
सोही अवसरमा निबर्तमान अध्यक्ष राजन ढकाल , उपसचिव लिला पन्तलाई पनि बिदाई गरेका थिए । साथै एनपिएस फुट्बल क्लबको कप्तान निमेस गुरुङ लगाएत सम्पुर्ण खेलाडिहरुको तर्फ बाट उतकृस्ट मायाँको चिनो प्रदान गरिएको थियो।