Advertisement
SKIP THIS

कोरियामा राजदुत सिंहले बुद्द प्रतिमा स्थापना स्थलको सिलान्यास गरे


नेपाली सम्पर्क समिति कोरियाको संयोजन  र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा कोरियाको योङ्गगिन शहर स्थित प्रसिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसामा भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई स्थापना गरिन लागिएको स्थलकाे शिलान्यास काेरियाका लागी नेपालि राजदुत अर्जन जंग बहादुर  सिंहले एक  कार्यक्रमका बिच आइतबार उद्धाटन गरेका छन् ।

वाउजंसा गुम्बाकाे परिसरमा वाउजंसा गुम्वाले नेपाली बुद्दकाे प्रतिमा राख्ने सानाे गुम्बाकाे  निर्माण कार्य अगाडि बढाएकाे छ । करिब ५ कराेड वनकाे लागतमा  निर्माण गर्न लागेकाे सानाे गुम्वाकाे सिलान्यास गरिएकाे हाे।सउल नेपाल गुम्बा प्रमुख कुनसाङ दाेर्जे लामाका टाेलिले बाैद्द संस्कार अनुसार बिधिबत रुपमा पुजाआजा गरेका थिए ।

सिलान्यास कार्यक्रमकै अवसरमा राजदुत सिंहले नेपाली राजदुताबासकाे तर्फबाट वाउजंसा गुम्बालाई उपहार स्वरूप बुद्दकाे सानाे प्रतिमा प्रदान गरेका  थिए ।

बुद्द प्रतिमा स्थापना  अभियानका संयाेजक अन्जु केसिकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा श्रम काउन्सेलर डिल्लीराम बास्ताेला,  एन अार एन ए एसिया प्यासिफिक उप संयाेजक बिनोद कुवर, ओ एन एफ का अध्यक्ष पर्शुराम सापकाेटा, डा. देवि ब बस्नेत, एन अार एन ए का अध्यक्ष लक्ष्मी गुरुङ, अाेमन फर अाेमन कि अध्यक्ष पद्मा श्रेष्ठ,नेपाल अादिबासि जनजाति महासंघ काेरियाका का बा अध्यक्ष मल्लिका थकाली, नेपाल मगर संघका अध्यक्ष खड्ग थापा मगर, राप्ती समाजका निबर्तमान अध्यक्ष वीर कुमार वलि,किरात याकथुङ चुम्लुङका अध्यक्ष सुन्दर दिप अाङदेम्बे,धनकुटा समाजका अध्यक्ष प्रबेश राइ,शेर्पा संघ का अध्यक्ष सेर साम्बाे सेर्पा, उदयपुर सेवा समाजका अध्यक्ष मधुकर राई, माेरङ डाइनामिकका पूर्ब अध्यक्ष जीबन थापा संघिय समाजबादी फाेरम काेरियाका प्रतिनिधि लगायत दर्जनाै संघ संस्थाका प्रमुख तथा  प्रतिनिधिहरू, अभियन्ताहरू  पेम्बा दोङ्बा ह्याेल्माे,लाेचन राइ,केपि सिटाैला, कुन्साङ दाेर्जे लामा, भक्त शेरचन, भरत तुलाचन, डम्बर सुब्बा, प्रितम गुरूङ,भीम गुरूङ,कृष्ण गुरूङ ,यम श्रीस, भाेला पाैडेल, बिकाश श्रेषठ,काजी नेपाल,गाेकुल थाेकरकाे उपस्थिति रहेकाे थियाे ।

उक्त शिलान्यास कार्यक्रममा सफल बनाउन उपस्थित हुनु भएका  सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसाही, समाजसेबी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू सबैलाइ बुद्द प्रतिमा स्थापना अभियान सचिवालयका संयाेजक अन्जु केसीले हार्दिक अाभार प्रदान गरेकि छिन्।

फाेटाे गाेकुल थाेकर

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...