अनाथ बालबालिकाहरूको सहयोगका लागि चलचित्र “कथा कोरियाको” प्रदर्शन गरिने
रोल्पा जिल्लामा रहेका टुहुरा तथा अनाथ बालबालिकाहरूको सहयोगका लागि नेपाली नयाँ वर्ष २०७५ बैशाख २ गते (अप्रिल १५ तारिक) कोरियामा चलचित्र “कथा कोरियाको” प्रदर्शन गर्ने भएको छ । नयाँ वर्षको अवसर पारेर सउलको जोङगाग स्टेसन गेट नं.२ जोगेसा हलमा प्रदर्शन हुन लागीरहेको चलचित्र “कथा कोरियाको” सम्पुर्ण तयारी पुरा भएको फिल्म युनिटले जानकारी दिएको छ। ई.पी.एस. मार्फत कोरिया आएका नेपालीहरूको कथाबस्तु समेटिएको उक्त चलचित्रमा दर्शकहरूको उल्लेख्य उपस्थिती रहने आशा समेत चलचित्र निर्माण पक्षले लिएको छ।
समाजसेवी तथा राप्ती समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार वली र नेप्लिज आर्ट लभर्स ईन कोरियाका अध्यक्ष तथा राप्ती समाज दक्षिण कोरियाका उपाध्यक्ष दिल मोहन पुनको डेब्यु निर्माण गरेको फिल्मको ट्रेलरले ई.पी.एस.मार्फत कोरिया आएका नेपालीहरुको जीवनशैलीमा आधारित प्रत्यक्ष र अप्रत्यक्ष उतार/चढाबलाई समेट्न खोजिएको छ।
कोरियाको ब्यस्त समयको सही सदुपयोग गर्दै गर्मीमा ४१ डीग्री त जाडोमा माईनस १७ डीग्रीमा पनि कठीन प्रयासमा छायांकन गरेको उक्त चलचित्र हेर्न बिभिन्न संस्थाका प्रतिनिधी,समाजसेवी,बुद्दीजीवी,ब्यापारी,पत्रकार,बिद्यार्थी लगायत सबैलाई हार्दिक अनुरोध गर्दै राम्रो नराम्रो सल्लाह सुझाबको अपेक्षा लिएको आयोजक”नेप्लीज आर्ट लभर्स ईन कोरिया”का अध्यक्ष दिल मोहन पुनले जानकारी दिनुभयो।