एसबिआइ कोषमनीको सेवा चलचित्र ‘शत्रुगते’सँगै
बिपन्न तथा असहाय बालबालिकाको शैक्षिक सहयोगार्थ दोलखाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको सुपरहिट नेपाली कथानक चलचित्र ‘शत्रुगते’को प्रदर्शनसँगै एसबिआइ कोषमनीको सेवा पनि संचालन गरिने भएको छ ।
अप्रिल २२ तारिख जोगेसा गुम्बाको हलमा दिनको १ बजे सुरु हुने उक्त चलिचत्र प्रदर्शनी कार्यक्रममा एसबिआइ कोषमनीले आफ्ना ग्राहकहरूका लागि सेवा प्रदान गर्ने एसबिआइ कोषमनीले जनाएको छ । एसबिआइ कोषमनीका अनुसार एसबिआर्इ कोषमनीको सेवा लिन चाहानुहुने सेवाग्राहीहरूले आफ्नो परिचय पत्र (पासपोर्ट अथवा एलियन कार्ड) र कोरियाको बैंकको पासबुक लिएर आउनुपर्नेछ । अनलाइनबाट सेवा लिन चाहाने ग्राहकहरूले अनलाइन रजिष्ट्रेशन गर्दा पासपोर्टबाट मात्र सेवा लिनको लागि साइन अप गर्न पाउनेछन् भने उक्त कार्यक्रममा प्रत्यक्ष एसबिआइको कर्मचारीले सेवा दिने भएकोले एलियन कार्डबाट पनि सेवा लिन सकिनेछ ।
साथै एसबिआइ कोषमनीले आफ्ना ग्राहकहरूको सुविधाका लागि रजिष्ट्रेशन गर्न सहज होस् भन्ने उदेश्यले भिडियो गाइड तयार गरेको छ । उक्त भिडियो गाइड तलको लिंकमा हेर्न सकिनेछ ।
मिति:- २०१८ अप्रिल 22 गते
समय :- दिउसो ठिक १ बजे
स्थान :- जोगेसा गुम्बाको हल, line no.1 jonggak station ,exit no 2 हिडेर 4 मिनेट
थप जानकारीका लागि
सरोज केसि ,01064656041
ज्ञानीमान्छे, 01027394178
लालकाजी बस्नेत , 01059327532
दिपेन्द्र अधिकारी , 01059428078
गोकुल थोकर, 01068729695