नेपाल फुटबल महासँघ दक्षिण कोरियाद्धरा फुटबल प्रतियोगिता आयोजना बाँडफाँड
नेपाल फुटबल महासँघ दक्षिण कोरियाले २०१८ सालको फुटबल प्रतियोगिता आयोजना गर्न विभिन्न फुटबल क्लब तथा सँस्थाहरुलाई अधिकार सहित बाडँफाडँ कार्यक्रम गरेको छ ।
प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कलबहरुलाई एकताको शुत्रमा गाँसी ‘हामी नेपाली फुटबल प्रेमीहरु एक हौ’ भन्ने भावनालाई जागृत गराउदै ‘प्रवासी भुमीमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवश्यकता’भन्ने मुल नाराको साथ नेपालीहरु माझ भाईचारा,सद्धभाव,मेलमिलाप,सहयोग र आत्मियता बढाउदै लैजाने उद्धेश्यले स्थापित नेपाल फुटबल महासंघ दक्षिण कोरियाले हरेक बर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
सोही अनुरुप दक्षिण कोरियामा गर्मी याम (बसन्त ऋतृ) को आगमनसँगै हरेक बर्ष झै यस बर्ष पनि नेपाली फुटबल प्रतियोगिता आयोजना गर्नको निम्ति फुटबल कलबहरुले दिएको आवेदन अनुसार नेपाल फुटबल महासँघ दक्षिण कोरियाको मातहतमा रहने गरि दर्ता प्रक्रियाबाट आबद्ध रहेका नेपाली फुटबल कलबहरु मध्येबाट फुटबल प्रतियोगिता आयोजना गर्नको लागि निम्न लिखित फुटबल क्लब तथा सँस्थाहरुलाई आलोपालो प्रणालीबाट फुटबल प्रतियोगिता आयोजना गर्न अधिकार सहित निम्न अनुसार बाडँफाडँ कार्यक्रम गरेको छ।
१, २०१८/०४/२२ अप्रिल
प्रथम बुद्ध जयन्ती फुटसल कप
आयोजक: नेपाल तामाङ समाज ,बुसान
२, २०१८/०५/०६ मे
दोस्रो डेउ ( Daewoo ) कप
आयोजक: डेउ एफ सी , गजेदो
३, २०१८/०५/२७ मे
चौथो राजदुत ( MBC ) कप
आयोजक: नेपाली राजदुतावास ,सउल
४, २०१८/०६/१० जुन
छैटो तिलिचो कप
आयोजक: मनाङ एफ सी , सउल
५, २०१८/०७/०८ जुलाई
प्रथम कन्काई कप
आयोजक स् झापा एफ सी , सउल
६, २०१८/०९/२३ सेप्टेम्बर (चुसक पर्व )
तेस्रो गुनसान कप
आयोजक: गुनसान एफ सी
७, २०१८/०९/२५ सेप्टेम्बर (चुसक पर्व)
तेस्रो मर्स्याङदी कप
आयोजक: लमजुङ एफ सी , सउल
८, २०१८/१०/१४ अक्टोबर
प्रथम एन आर एन ए कप
आयोजक: एन आर एन ए कोरिया
९, २०१८/११/०४ नोभेम्बर
दोस्रो एभरेस्ट कप
आयोजक: एभरेस्ट एफ सी , बुसान