नेपाल फुटबल महासंघ कोरियाद्धारा यस वर्ष खेलिने खेल तालिका सार्वजनिक
नेपाल फुटबल महासँघ दक्षिण कोरियाले २०१८ सालमा आयोजना गरिने फुटबल प्रतियोगिताको खेल तालिका सार्वजिनक गरेको छ । महासंघमा आवद्ध फुटबल क्लबहरुले दिएको निवेदनको आधारमा प्रतियोगिताका आयोजकको नामावली र मिती सार्वजनिक गरेको हो ।
महासंघले 8 वटा फुटबल प्रतियोगिताको नामावली सार्वजनिक गरेको छ । जसमा निम्न अनुसार रहेको छ ।
१) २०१८/०४/ २२
प्रथम बुद्ध जयन्ती फुटसल कप
आयोजक :- नेपाल तामाङ समाज ,बुसान
२) २०१८/०५/ ०६
दोस्रो डेउ कप
आयोजक :- डेउ एफ सी , गजेदो
3) २०१८/०६/१०
छैटो तिलिचो कप
आयोजक :- मनाङ एफ सी , सउल
4) २०१८/०७/०८
प्रथम कन्काई कप
आयोजक :- झापा एफ सी , सउल
5) २०१८/०९/२३ ( चुसक पर्व )
तेस्रो गुनसान कप
आयोजक :- गुनसान एफ सी
6) २०१८/०९/२५ ( चुसक पर्व )
तेस्रो मर्स्याङदी कप
आयोजक :- लमजुङ एफ सी , सउल
7) २०१८/१०/१४
प्रथम एन आर एन ए कप
आयोजक :- एन आर एन ए कोरिया
8) २०१८/११/०४
दोस्रो एभरेस्ट कप
आयोजक :- एभरेस्ट एफ सी , बुसान
प्रवासी भुमीमा नेपाली फुटबल प्रेमीहरुलाई गोलबद्ध गर्दै एक आपसमा भाईचारा, सद्धभाव र सहयोग बढाउने उद्धेश्यले कोरियामा हरेक गर्मी याममा नेपाली फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
महासँघको मातहतमा रहने गरि दर्ता प्रक्रियाबाट आबद्ध रहेका नेपाली फुटबल कलबहरु मध्येबाट फुटबल प्रतियोगिता आयोजना गर्नको लागि आलोपालो प्रणालीबाट फुटबल प्रतियोगिता आयोजना गर्ने अधिकार सहित बाडँफाडँ कार्यक्रम गरिएको बताइएको छ।