कोरियामा शत्रु गते हेर्न सिट पाएनन हलमा दर्शकहरुले
सौल
नेपालमा समेत राम्रो व्यापार गर्न सफल नेपाली कथानक चलचित्र शत्रुगतेलाई दक्षिण कोरियामा पनि दर्शकका धेरै माया पाएका छन् । आइबार सउलमा दोलखाली समाज कोरियाले प्रदशन गरेका चलचित्र हेर्न दर्शकहरु सिट नपाए पछि भुइमै बसेर हेरेका आयोजकले जनाएको छ ।
दर्शकको अधिक चाप बढेपछि आयोजकले सिटको क्षमता भन्दा बढी टिकट विक्री गरेपछि दर्शकहरु भुइ मै बसेर हेर्न बाध्य भएका थिए ।
फिल्म हेर्न कोरियाको कार्य व्यस्तता बाबजुत पनि नेपालीहरु कामको तनाब र थकान मेटाउन यस्ता हास्यत्मक चलचित्र हेर्न हल सम्म आउने गरेका छन् ।
हाल कोरियामा नेपाली फिल्म हेर्ने नेपाली दर्शकहरु दिन प्रतिदिन बढ्दो छ । नेपाली चलचित्रले प्रवाशमा समेत राम्रो व्यापार हुने संकेत देखा परेको छ । विशेष गरी नेपालीको मौलिक कथा वस्तुमा आधारित चलचित्र लगायत हाँस्य व्यांग चलचित्रले राम्रो दर्शक पाउने गरेका छन् । नेपाली फिल्म हेरेर एकै छिन भए पनि तनाब र थाकन कम हुने र मनोरंजन महशुस गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
चलचित्र प्रर्दन कार्यक्रमलाई राजदूत अर्जुन जंग बहादुर सिंहको प्रमुख आतिथ्य र विभिनन संघ संस्थाका पदाधिकारीहरुको विशेस आतिथ्इमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
यस चलचित्रलाई प्रदिप भट्टाराइले निर्देशन गरेका हुन् भने कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका बिभिन्न ख्याति प्राप्त कलाकारहरुको अभिनय रहेको छ।
चलचित्र शत्रुगते हेर्न हल सम्म आई सहयोग गर्नु हुने सम्पुर्ण चलचित्रप्रेमी दर्शकहरु लाई आयोजक समाजका अध्यक्ष सरोज केसीले हार्दिक धन्यवाद दिएका छन् ।
नेपालमा रहेका विभिन्न असहाय, वालबालिकालाई छात्रबृति दिने उद्देश्यले दोलखाली समाज कोरिया द्वारा सउल जोगेसा हल मा चलचित्र प्रदर्शन गरेका थिए ।